अष्टलक्ष्मीलाई ओलीको काउण्टरः माधव नेपाल पार्टी फुटाउन एमालेमा नआए हुन्छ

अष्टलक्ष्मीलाई ओलीको काउण्टरः माधव नेपाल पार्टी फुटाउन एमालेमा नआए हुन्छ
फाइल तस्बिर।
+
-

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट छुट्टिएर गएका माधव नेपालको कटाक्षलाई निरन्तरता दिएका छन्। एमाले काठमार्डौँले बिहीबार आयोजना गरेको विस्तारित बैठकमा ओलीले अब माधव नेपाल एमालेमा आउन आवश्यक नभएको बताएका छन्।

ओलीले भने,‘केही साथीहरुले नेपाललाई आउनुहोस् यतै भनेको सुनेँ। तर किन आउने यहाँ माधव नेपाल एमालेमा? माधव नेपालमा फेरि एमालेलाई फुटाउन आउने?’

ओलीले अब एमाले फुटाउन नेपाल एमालेमा नआउनु राम्रो भएको बताए। त्यसअघि भेलामा अष्टलक्ष्मी शाक्यले नेपालको आवश्यकता एमालेमा भएको बताएकी थिइन्। शाक्यले भनेकी थिइन्,‘आफूले त्याग, संर्घष र दुःख गरेको पार्टी एमालेमै फर्कनुहोस्, तपाईँ हाम्रो नेता हो।  तपाईंको आवश्यकता एमालेमा छ।’

तर ओलीले त्यसको प्रतिवाद गरेका छन्। उनले भने,‘किन आउने माधव नेपाल एमालेमा? उहाँ आउनु भयो भने फेरि पार्टी फुट्छ। यहाँ कसैसँग सवालजवाफ गर्न खोजेको होइन। मैले कसले के भन्यो सुनेको छैन। तर मैले साथीहरुले भन्ने गरेको सुनेको छु। त्यसैले बोलेको हुँ।’

ओलीले नेपालले आफ्नो पार्टी फुटाउन मात्रै नभई सरकारबाट आफूहरुलाई हटाउने काम पनि गरेको आरोप लगाए।

उनले भने,‘अब नेपाललाई म पार्टीमा फर्किनुहोस् भन्दिनँ। घरमा आगो लगाएर बसेकालाई म आउनुहोस् भन्दिनँ। बरु नेपालले झुक्काएर राखेका साथीहरु फर्किनुहोस्।’

यसका साथै उनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति पनि उनको कटाक्ष जारी छ। उनले भने,‘अब माओवादी केन्द्र रहेन। त्यो प्रचण्ड गुट हो। माओवादी त एकतामा आइसक्यो।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?