ईश्वर पोखरेलको दाबीः अहिलेको एमाले २ जेठको नभइ एकतासहितको हो

ईश्वर पोखरेलको दाबीः अहिलेको एमाले २ जेठको नभइ एकतासहितको हो
फाइल फोटो।
+
-

काठमाडौँ-  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमाले २ जेठ २०७५ को नभई एकतापछिको एमाले भएको दाबी गरेका छन्।

काठमाडौँ जिल्ला कमिटीले बिहीबार आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यकर्ता भेलामा उनले अहिलेको एमाले २ जेठको भनेर बुझ्नु गलत भएको बताए।

त्यसअघि भेलालाई सम्बोधन गर्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सहमति अनुसार एमालेलाई कुनैपनि जालझेल नगरी २ जेठमा फर्काउनुपर्ने बताएकी थिइन्।

तर पोखरेलले भने,‘ यो एमाले एकीकरण प्रक्रियासहितको एमाले हो। २ जेठको मात्रै एमाले भनेर बुझियो भने गलत हुनेछ। त्यसरी बुझ्ने प्रयास नगरियोस्।’

यसका साथै पोखरेलले एक जुट भएर अब १० औँ महाधिवेशन आयोजना गर्ने बताए। उनले एमाले विधानलाई पछ्याउन आवश्यक भएकाले महाधिवेशन समयमै गर्न आवश्यक भएको बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?