अष्टलक्ष्मीको पछुतो – हामी गुटबन्दीको सिकार भयौँ, विगतका कमजोरी ढाकछोप नगरौँ

अष्टलक्ष्मीको पछुतो – हामी गुटबन्दीको सिकार भयौँ, विगतका कमजोरी ढाकछोप नगरौँ
फाइल तस्बिर
+
-

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरु गुटबन्दीको सिकार भएको निष्कर्ष सुनाएकी छन् ।

एमालेले बिहीबार  काठमाडौंमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलामा उनले प्यानलमा अब चुनाव गर्न नहुने निष्कर्ष सुनाएकी छन् ।

उनले भनिन, ‘हामीले प्यानलमा चुनाव लडेपछि नै गुटबन्दी सुरु भएको हो । हामी गुटबन्दीको सिकार भयौँ । विचारहरु मर्दै गयो । अब विगतका कमीकमजोरी ढाकछोप गर्न हुन्न । यसबारे निर्मम समीक्षा गर्ने हो । नत्र भने फेरि पनि अप्ठ्याराेमा परिनेछ ।’

उनले नेतासँगै कार्यकर्ता रुपान्तरित हुनुपर्ने बताएकी छन् । अबको चुनावमा जनतासँग माफी माग्नुपर्ने अवस्था आएको उनले बताइन् ।

उनले भनिन, ‘अब हामीले विचारको राजनीति गरौँ। हामी गालीगलौजको राजनीति नगरौँ।’

उनले विधान र महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन आग्रहसमेत गरिन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?