प्रचण्डको घोषणाः निर्वाचन प्रणाली, शासकीय स्वरुपका लागि सडकमा जान तयार

प्रचण्डको घोषणाः निर्वाचन प्रणाली, शासकीय स्वरुपका लागि सडकमा जान तयार
फाइल फोटो।
+
-

काठमाडौँ –  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको निर्वाचन प्रणाली, शासकीय स्वरुपमा आफ्नो अडान यथावत भएको भन्दै आवश्यक परेमा त्यसका लागि सडकमा जाने घोषणा गरेका छन् ।

बुधबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले आफ्नो माग पुरा गर्न संविधान संशोधन आवश्यक भएको र त्यसका लागि सडकमा पुग्नुपर्ने अवस्था आएमा त्यसबाट पछि नहट्ने बताए ।

उनले भने,‘ हाम्रो पार्टीका कतिपय माग पुरा भएका छैनन् । हामी मुलुकमा निर्वाचन प्रणाली, शासकीय स्वरुपका विषयमा यथावत छौँ । पहिला पनि नोट अफ डिसेन्ट लेखिएको थियो । अहिले पनि आवश्यक परे सडकमा जान तयार छौँ।’

प्रचण्डले माओवादी पार्टीलाई अहिले पनि कसैले जित्न नसक्ने दाबी गरे । आगामी निर्वाचनमा एक नम्बरको पार्टी माओवादीलाई बनाउने गरी आफू जुटेको उनको भनाइ छ । पछिल्लोपटक नेताहरुमा स्वार्थ हावी भएको, व्यक्ति केन्द्रित राजनीति बढाएको र माओवादी पनि अरु बुर्जुवा पार्टी जस्तै बन्ने खतरा बढेको टिप्पणी पनि प्रचण्डले गर्न भ्याएका छन् ।

उनको पार्टीको हिजो स्थायी कमिटी बैठक बसेको थियो। बैठकले विधान पारित गर्नुका साथै आगामी पुसमा गरिने राष्ट्रिय सम्मेलनको तयारीका लागि आवश्यक निर्वाचन आयोग गठन गरेको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?