माओवादीद्वारा राष्ट्रिय सम्मेलनका लागि २१ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन

माओवादीद्वारा राष्ट्रिय सम्मेलनका लागि २१ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन
+
-

काठमाडौँ–नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेल नेतृत्वको वर्षमान पुन र श्रीराम ढकाल सदस्य रहेको कार्यदलले एकीकरण, धुव्रीकरण र समायोजनमा आएर पार्टीमा जिम्मेवारी नपाएका नेता तथा कार्यकर्ताहरुको अवस्थाबारे तयार पारेको प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनमा एकतामा आएकाको अवस्था कस्तो छ र उनीहरुलाई कुन स्थान दिने भन्नेबारे विस्तृत व्याख्या गरिएको माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

मंगलबार पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा प्रतिवेदन बुझाइएको हो । बैठकमा आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनबारे पनि छलफल भएको छ ।

सम्मेलनका लागि २१ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरिएको छ। आयोगको प्रमुख यसअघि विष्णुप्रकाश श्रेष्ठलाई तोकिएको थियो ।

आयोगलाई छिट्टै नै निर्वाचन नियमावली, निर्देशिकालगायत बनाउन पनि बैठकले जिम्मेवारी दिएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे भने छलफल नभएको ती नेताले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?