ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा, आफू निकट सांसद र नेताहरुको बोलाए भेला

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा, आफू निकट सांसद र नेताहरुको बोलाए भेला
+
-

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको भनिदिएपछि पार्टी उपाध्यक्ष भीम रावल तनावमा परेका छन्। यसबारे छलफल गर्न उनले आफू निकट सांसद र नेताहरुलाई अहिले सिंहदरबार बोलाएका छन्।

सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावल दुवैले दाबी गरेपछि ओलीले आइतबार बिहान आफ्नो निवास भक्तपुरको बालकोटमा उनीहरुसहितको बैठक डाकेका थिए।

बैठकमा ओलीले रावललाई सुदूरपश्चिम इन्चार्ज भट्ट नै भएको बरु, पार्टी उपाध्यक्षको हैसियतमा पार्टीलाई २ जेठ २०७५ मा लैजान सुदूरपश्चिममा सहजिकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।

तर सुदूरपश्चिम इन्चार्ज आफू नै हुनुपर्ने अडान ओलीसमक्ष राखेर रावल बाहिरिएका थिए। एमालेमा देखिएको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि सुदूरपश्चिममा गठित कार्यदलमा रावल र हालका सुदूरपश्चिम अध्यक्ष कर्ण थापा सामेल छन्। छलफलमा एमाले नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ पनि थिए।

सर्वोच्चले गत २३ फागुनमा एमाले ब्यूँताएको थियो। त्यसपछि ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाएका थिए। जतिबेला रावल माधव नेपाल समूहमा थिए। नेपालको समूहमै विभाजित भएर पार्टी फुट्दा ओलीतिर रहने घोषणा गरेका रावल हाल आएर इन्चार्ज बन्न नपाएकोमा तनावग्रस्त बनेका हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?