हारको उत्सव

हारको उत्सव
+
-

बडो रोमाञ्चक हुँदो रहेछ
हारको विजय उत्सव
हारभित्र पनि जीतको भाव
अस्वीकृत हार
अथवा आत्मरति।

एउटा समूह
खल्तीमा मणि बोकेर
भौँतारिरहेका भिल्लाहरू
खल्ती भरिदिने मालिकको आदेशमा
एउटा परमादेश विरुद्ध
शंखनाद गर्दै
लामो लस्करमा
आँखामा हो कि निधारमा
पट्टी बाँधेकाहरू
भेरोसेल नामको
सञ्जीवनी बुट्टी भिरेर
अजम्मरी, उन्मत्त र
निःसन्देह अपराजित
दरबारबाट घरबारको सहयात्री बनेर
हारको उत्सव मनाउँदा छन्।

अंशमा ठगिएका भाइहरू
आफ्नै दाइलाई वनवास लखेटी
उत्सव मनाइरहेछन्
खै के ठानेका छन
हारलाई जित कि जितलाई हार!
मधु मस्त छन् मुतको न्यानोमै
जाडो कटाउने अभिलाषामा
हारको उत्सव मनाउँदै छन्।

यो त्यै सडक हो
जसले क्रान्ति, शान्ति, परिवर्तन
उत्सव, शोक, रोग सबैको साक्षी बनेर
चेतनाको आँखा चिम्लिरहन्छ
तर झसङ्ग बिउँझिन्छ कहिलेकाहीँ
यस्ता हारका उत्सवहरूको
साक्षी बन्न
आँखा च्यातेर टोलाइरहन्छ
निशब्द, आश्चर्यचकित मनोभावमा
केवल टोलाइरहन्छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?