कविता

यहाँ समाज पनि बलात्कारी छ

यहाँ समाज पनि बलात्कारी छ
+
-

मेरो देशमा बलात्कारी

मात्र बलात्कारी छैन

ऊ त फगत मखुण्डो हो

उसका अनुयायी छन्

जता पनि छ्याप्छ्याप्ती आफन्त

साथीभाइ, छिमेकीका भेषमा

हरेक दिन अस्मिता लुट्न

तम्तयार छन् पिपासुहरू

हवसका सिकारीहरू

अमानवीयताको हद नाघेर

अबोध बालिका , किशोरी र बृद्धामाथिको

बर्बरता र जीवन हरण

कहाँ गएर रोकिन्छ त्यो बलात्कारी?

कहिले तृप्त हुन्छ त्यसको प्यास?

हुन त यौन लिप्साले

लुप्त अपराधी मात्र बलात्कारी होइन

इमानदारको स्वाभिमान लुट्नु

पनि बलात्कार हो

भोको गरिबको छाक

लुट्नु पनि बलात्कार हो

महँगो उपचारको नाममा

असहायको जेब लुट्नु पनि बलात्कार हो

जनताको विश्वास लुट्नु पनि बलात्कार हो

समृद्धिको सपना देखाएर

सपनाको हत्या गर्नु पनि र

सत्तामा सती गएर जन इच्छाको

तिरस्कार पनि बलात्कार हो

उत्पीडनको आवाज

दबाउनु पनि बलात्कार हो

त्यसो भए म कसको विश्वास गरूँ?

यहाँ असुरक्षा व्याप्त छ

व्यक्ति मात्र हैन

यहाँ समाज पनि बलात्कारी छ

राज्य र राज्य पाल, नेता डाक्टर, व्यापारी , सुरक्षा कर्मी

हरेक अर्को व्यक्ति

नैतिकता र इमानको मुखुण्डो लगाएका बलात्कारीजस्तो लाग्छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?