हुम्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

हुम्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
हुम्ला अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टबाट बेडसम्म पाईपद्धारा अक्सिजन ल्याइएको छ । तस्बिर : राजन रावत/देश सञ्चार
+
-

सिमकोट – हुम्ला जिल्ला अस्पतालमा पहिलोपटक अक्सिजन प्लान्ट स्थापना भएको छ । कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा अस्पतालमा उक्त प्लान्ट स्थापना भएको हो ।

अक्सिजन प्लान्टको स्थापनासँगै ६ वटा बेडमा पाईपद्धारा जडान भएको र त्यसबाट बिरामीलाई अक्सिजन दिन सुरु गरिएको अस्पतालका डाक्टर सरु प्रजापतिले बताए । १५ शैयाको अस्पतालमा आन्तरिक व्यवस्थापनमा ६ वटा शैया थप गरिएको छ ।

अहिले स्थापना भएको अक्सिजन प्लान्टबाट १२ देखि १४ वटा बेडसम्म अक्सिजन पाइप मार्फत लैजान सकिने जनाइएको छ । हाललाई भने ६ वटा बेडमा मात्र अक्सिजन जडान गरिएको छ ।

अक्सिजन प्लान्टबाट दिनमा दुई भन्दा बढी सिलिन्डरमा अक्सिजन भर्न सकिने र यसलाई बिस्तार गर्ने सम्भावना पनि रहेको जनाइएको छ।

यसअघि दम तथा स्वासप्रस्वासका बिरामीलाई जिल्ला अस्पतालमा रहेका अक्सिजन कन्सनटेटरबाट अक्सिजन दिने गरिएको थियो। कन्सनटेटरबाट दिएको अक्सिजन भन्दा प्लान्टबाट उत्पादित अक्सिजनमा शुद्धता प्राप्त हुने विज्ञले बताएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?