हुम्ला हुँदै मानसरोवर जाने भारतीय पर्यटकको संख्या घट्यो

हुम्ला हुँदै मानसरोवर जाने भारतीय पर्यटकको संख्या घट्यो
+
-

सिमकोट– गत वर्षको तुलनामा हुम्ला हुँदै चीनको मानसरोवर जाने भारतीय पर्यटकको संख्या घटेको छ।

बिहीबारसम्म हुम्ला हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकहरुको संख्या पाँच हजार पाँच सय सैतीस पुगेको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिएका छन्।

अघिल्लो वर्ष यहि समयसम्म आठ हजार भन्दा बढी भारतीय पर्यटक हुम्ला हुँदै मानसरोवरको यात्रामा गएका थिए।

साउन महिना लागेपछि १२ दिनसम्म पर्यटहरु आउन रोकिएको भए पनि साउन २२ गतेबाट पुनः भारतीय पर्यटकहरु आउन सुरु भएको छ। पछिल्लो दुई दिनमा ७३ जना पर्यटक सिमकोट हुँदै हिल्साका लागि आएका छन्।

यस वर्ष आएका भारतीय पर्यटकमध्ये दुई हजार नौ सय ९७ जना पुरुष र दुई हजार ५ सय ४० जना महिला रहेका छन्।

यो सिजनका लागि मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने पहिलो समूहले गत जेठ चार गते सिमकोट आईपुगेको थियो।

अघिल्लो दुई वर्षको तुलनमा यसपटक सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुको सख्या घटेको छ। रसुवाको केरुङ नाका छोटो र काठामाडौँबाट हेलिकोप्टरबाट सिधैँ केरुङमा उडान हुन थालेपछि केही पर्यटकहरु केरुङ हुँदै जान थालेका हुन्।

गत वर्ष १० हजार ८ सय ५७ जना भारतीय पर्यटकहरुले मानसरोवर कैलाशको यात्रा हिल्सा हुँदै गरेका थिए भने त्यो भन्दा अघिल्लो वर्ष १२ हजार ५ सय ३४ जनाले यात्रा गरेका थिए।

सन् २०१७ बाट हुम्ला हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकहरुको सुरुवात भएको हो।

यो सँगै संख्यामा उल्लेख्य रुपमा  वृद्धि भएपछि हौसिएर होटेलमा लगानी गर्न पुगेका हुम्लाका व्यवसायीहरु अहिले पर्यटकहरुको आगमन घट्न थालेपछि चिन्तित बनेका छन्।

सिमकोट र हिल्सामा पर्यटकहरुलाई लक्षित गरी तीन दर्जन होटेलहरु संञ्चालनमा रहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?