हुम्लामा राष्ट्रिय बाणिज्य बैंकले एक वर्षमा एक करोड नाफा कमायो

हुम्लामा राष्ट्रिय बाणिज्य बैंकले एक वर्षमा एक करोड नाफा कमायो
+
-

सिमकोट-राष्ट्रिय बाणिज्य बैंकको, सिमकोट (हुम्ला) शाखाले आर्थिक वर्ष ०७५/०७६ मा ९९ लाख ६२ हजार ८ सय ७९ रुपैयाँ खुद नाफा गरेको छ। तर बैंकले वार्षिक रुपमा राखेको लक्ष्यमा भने पुरा गर्न सकेन।

राष्ट्रिय वाणिज्य बैंकको सिमकोट शाखाले वार्षिक लक्ष्य एक करोड सात लाख ७४ हजार दश रुपियाँ राखेकोमा लक्ष्यभन्दा आठ लाख ११ हजार १ सय ३० रुपियाँ कम नाफा कमाएको बैंकका प्रबन्धक ठानसिंह बिष्टले बताए।

यस्तो हुनुमा मुख्य रुपमा कर्मचारीकाे अभाव, कामको चापले कर्जाको व्याज असुली हुन नसक्नु र भएका कर्मचारीहरु पनि असार महिनामा बिदामा बस्नाले बैंकले लक्ष्य अनुसार नाफा कमाउन नसकेकाे हाे।

बैंकले एक वर्षमा दुई करोड ५२ लाख ४० हजार ७ सय ९९ रुपैयाँ नाफा कमाएकोमा एक करोड ५२ लाख ७७ हजार ९ सय १९ रुपियाँ खर्च भएको बैंकले जनाएको छ।

एक बर्षमा बैंकले जम्मा निक्षेप ७२ करोड १९ लाख ४६ हजार ३ सय ४४ रुपियाँ रहेको र जम्मा कर्जा २७ करोड १० लाख ४१ हजार ९ सय ७२ रुपैयाँ रहेको जनाएको छ। बाणिज्य बैंक हुम्ला जिल्लामा सबैभन्दा बढी कारोबार हुने बैंक हाे।

साउन महिना लागेसँगै राष्ट्रिय बाणिज्य बैंकमा सेवाग्राहीहरुको चाप घटेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?