हुम्लाको ताँजाकोटका विपन्न परिवारलाई सुधारिएको चुलो

हुम्लाको ताँजाकोटका विपन्न परिवारलाई सुधारिएको चुलो
सुधारिएको फलामे चुल्हो पाएपछि आफ्नो भान्सामा जडान गरेपछि लिपपोत गर्दै अम्मकली सेजुवाल। तस्बीरः राजन रावत/देशसञ्चार
+
-

सिमकोट– सदरमुकाम सिमकोट भन्दा ४८ कोष टाढाको ताँजाकोट गाउँपालिकाको वडा नम्बर ३ रामगाउँका दलित, गरिब तथा विपन्न परिवारलाई अनुदानमा सुधारिएको चुल्हो वितरण गरिएको छ।

अदाने चुल्होमा आगो बाल्दै आएका स्थानीयको स्वास्थ्यमा सुधार गर्न र समय बचत गर्न सुधारिएको चुल्हो अनुदानमा उपलब्ध गराइएको हो।

यसअघि अगेँनामा आगो बाल्दै आएका ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का बलबिर सार्कीले पहिलो पटक सुधारिएको फलामे चुल्हो अनुदानमा पाएपछि खुशी हुँदै स्वास्थ्यमा सुधार मात्र होइन भान्सामा काम गर्न पनि सहज हुने बताए।

धनीले आफ्नै पहुँचमा सुधारिएको चुल्हो ल्याएर प्रयोग गरेको भएपनि आर्थिक अवस्था कमजोर भएका घरमा अहिले पनि अगेँनामै आगो बाल्दै आएको अवस्थामा अब भने मुखैले फुकेर आगो बाल्नु पर्ने अवस्थाबाट मुक्ति मिलेको छ।

हिउँदमा भन्दा बर्खायाममा अगेँनामा आगो फुक्न कठिन भएको अवस्थामा अहिले सुधारिएको चुल्हो पाएर जडान गरेकी सोही गाउँपालिका वडा नम्बर ३ कै अम्मकली सेजुवालले दाउरा पनि कम खर्च हुने र खाना पकाउन पनि चाँडो हुने बताईन्।

प्रति चुल्हो पाँच हजार मुल्य पर्ने र त्यति नै खर्च ढुवानी र जडानमा लाग्ने भएपनि कार्यक्रमले नै लागत व्यहोरेको चुल्हो ल्याउन सहजिकरण गरेका टिका बहादुर शाहीले बताए।

यसपाली १ सय ५ घरधुरीका दलित, गरिब तथा न्यून आयश्रोत भएका व्यक्तिहरुलाई छनौट गरेर सुधारिएको दुई मुखे चुल्हो वितरण गरिएको हो। गत वर्ष यस्तै २ सय १८ घरधुरीलाई सोही चुल्हो बितरण गरिएको थियो। उर्जा कार्यक्रमले धुवाँसहित गाउँ बनाउने अभियान अन्तर्गत यो कार्यक्रम सञ्चालन गरि रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?