स्कुलका विद्यार्थीहरुलाई भिक्षुले बाँडे ट्र्याकसुट

स्कुलका विद्यार्थीहरुलाई भिक्षुले बाँडे ट्र्याकसुट
+
-

सिमकोट- काठमाडौँमा रहँदै आएका भिक्षुले हुम्ला जिल्लाको एक दुर्गमको विद्यालयका विद्यार्थीहरुलाई नि:शुल्क रुपमा ट्र्याकसुट वितरण गरेका छन्।

उनले उच्च हिमाली जिल्लामा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुर्‍याउन र केही मात्रामा भएपनि अभिभावकलाई आर्थिक बोझ कम गर्न लागि यी सामाग्री गरेकाे बताएका छन्।

हुम्ला जिल्लाको मानसरोवर नमूना माध्यामिक विद्यालयमा अध्ययनरत सबै छात्राछात्रहरुलाई काठमाडौँमा बस्दै आएका विदेशी भिक्षु उग्रेन जिक्मेतले एक–एक जोर ट्र्याकसुट नि:शुल्क रुपमा वितरण गरेका हुन्।

भिक्षुले ३ सय ४१ थान ट्र्याकसुटको मूल्य ढुवानीसहित तीन लाख २९ हजार परेको र विद्यालयका सबै ३ सय ८ जना विद्यार्थीहरुलाई सहयोग गरेको विद्यालयमा प्रधानाध्यापक अम्मर बहादुर शाहीले बताए।

ट्र्याकसुट सबै विद्यार्थीलाई वितरण गरेर केही थान बँचेको र त्यसलाई पनि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई थप सहयोग गरिने भएको छ।

सिमकोट गाउँपालिका वडा नम्बर ३ का प्रेम दोर्जी लामाको समन्वयमा दुर्गमको विद्यालयका छात्राछात्रहरुलाई सहयोगको भावले यी सामाग्री उपलब्ध गराएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने भिक्षु जिक्मेतले बताए।

ट्र्याकसुट पाईसकेपछि विद्यालयका अनुशासन क्याप्टेन सुनाम छैटिक लामाले भिक्षुबाट प्राप्त सहयोगले हिमाली जिल्लाका विद्यार्थीलाई न्यानो गर्नुका साथै पठनपाठनमा समेत सहयोग पुग्ने र टाढाका मानिसबाट प्राप्त सहयोगको सदुपयोग गर्न सबै विद्याथीहरुलाई आग्रह गरिन्।

भर्खरै भारतमा बौद्ध धर्म सम्बन्धी शिक्षा पुरा गरि काठमाडौँमा अध्यापन गराउँदै आएका भिक्षु जिक्मेतको यो पहिलो सहयोग हो। यी सामाग्री वितरण गर्न भिक्षु जिक्मेत विद्यालयको आग्रहमा आफ्नै खर्चमा हुम्ला आएका थिए।

कार्यक्रममा सिमकोट गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष जयचन्द्र रोकाया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द रावत, समितिका सदस्य, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?