मानसरोवर जान अब हुम्लाका धामी झाँक्रीलाई पनि भिसा, दोधारमा यात्रा

मानसरोवर जान अब हुम्लाका धामी झाँक्रीलाई पनि भिसा, दोधारमा यात्रा
मानसरोवर र कैलाशको धार्मिक यात्रामा निस्केका हुम्लाका धामी झाँक्रीहरु। तस्बिर- राजन रावत/देश सञ्‍चार
+
-

हुम्ला-सिमकोट पुस्तौदेखि मानसरोवरको धार्मिक यात्रा बिना रोकटोक गर्दै आएका हुम्लाका धामी झाँक्रीहरुलाई पछिल्लो समय बिना भिसा नजान पाउने भएपछि दोधारे मन लिएर मानसरोवरको यात्राका लागि निस्केका छन्।

हिल्सा र चीनको ताक्लाकोटसम्म तीस किलोमिटर क्षेत्रमा सीमा जोडिएका जिल्लालाई प्रदान गरिने सीमा पासले जान पाइने भए पनि त्यस उता के हुन्छ थाहै नभइ दोधारे मन लिएर धामीहरु निस्केका हुन।

हुम्लाका स्थानीय बासिन्दाहरुले धेरै बर्ष अगाडीसम्म चिनीया पक्षबाट कुनै रोकटोक बिनै मानसरोवर र कैलाशको धार्मिक यात्रा गर्ने गरेको भए पनि २०७० सालपछि त्यसमा बन्द गरेर सीमा पासबाट यात्रा गर्न दिइएको थियो।त्यसमा पनि तीन वर्ष अगाडिदेखि सीमा पासले पनि जान नपाइने भएपछि स्थानीय प्रशासनको सिफारिसमा मात्र मानसरोवर कैलाश जाने पाइने नियम थियो।

गत बर्षबाट त्यो पनि बन्द भएपछि अहिले सिमा जोडिएका जिल्लाका बासिन्दाहरुले पनि भिसा हानेर बाहेक अरु माध्यामबाट जान नपाइने भएको छ। जनै ( साउने) पूर्णिमा हुम्लामा धमधाम मनाइने भएको कारण यसको अबसरमा बर्षौ पहिलेदेखि मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने चलन भएको सर्केगाड गाउँपालिका वडा नम्बर सातका झाँक्री राजेन्द्र कार्कीले बताए।

भरखरै धामी भएका कार्कीले पहिलो पटक धामी भएपछि मानसरोवर जानै पर्ने चलन छ तर अब के हुन्छ ताक्लाकोटसम्म जानै पर्यो उनले भने। पाँच दिन पैदलसम्म हिडेर गाउँबाट मानसरोवरको यात्राका लागि आएको तर के हुन्छ दोधार मै जानु परि रहेको अर्का झाँक्री ल्वारे कामीले बताए।

सर्केगाड गाउँपालिकाको तीन वटा गाउँबाट ४० जना धामी झाँक्रीले सीमा पास बनाएर मानसरोवरको यात्राका लागि निस्केको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए।

‘पास बनाएर जानु भयो। के हुन्छ थाहा छैन’ उनले बताए, ‘सीमा वार्ता नभएकोले प्रशासनले अरु केही पनि पहल गर्न नसक्ने जनाएको छ।मानसरोवर कैलाशका लागि गएका धामी झाँक्री आगामी साउन २७ गतेसम्म गाउँमा फर्किसक्नु पर्ने हुन्छ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?