हुम्लाका लागि ४९ हजार क्वीन्टल ढुवानी अनुदानको खाद्यान्न माग

हुम्लाका लागि ४९ हजार क्वीन्टल ढुवानी अनुदानको खाद्यान्न माग
+
-

सिमकोट – दुर्गमको हिमाली जिल्ला हुम्लाका लागि चालु आर्थिक वर्ष ०७६।०७७ का लागि जिल्ला भित्रका डिपो, बिक्री केन्द्र र शाखाका लागि ४९ हजार क्वीन्टल खाद्यान्न माग गरिएको छ ।

जिल्लामा आवश्यक पर्ने खाद्यान्न मागलाई ध्यान दिँदै जिल्ला खाद्य व्यवस्थापन समितिले संस्थानको प्रधान कार्यालयलाई यति धेरै क्वीन्टल खाद्यान्न माग गरेको हो ।

यस अघि सस्थानले ढुवानी अनुदानमा पठाउने खाद्यान्न जिल्लामा अपुग हुने भएपछि अहिले सबैतिरको अध्ययन र सबैसँगको छलफल पछि वास्तबिक आवश्यक खाद्यान्न कोटा पहिचान गरेर संस्थानको प्रधान कार्यालयलाई माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

जिल्लाको माग अनुसार खाद्यान्न कोटा संस्थानले निर्धारण गरे जिल्लामा खाद्यान्न समस्या नहुने उनको भनाई छ ।

समितिले निक्कै छलफलपछि सिमकोट शाखाका लागि चालु आर्थिक वर्षमा तीस हजार क्वीन्टल, अदानचुली गाउँपालिकाको श्रीनगर डिपो र सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिकोको लागि पाँच पाँच हजार क्वीन्टल, चंखेली गाउँपालिकाको देउली र ताँजकोट गाउँपालिकाको छप्रेला डिपोको लागि चार चार हजार क्वीन्टल खाद्यान्न माग गरिएको संस्थानको सिमकोट शाखाका नायब सुब्बा सुरेन्द्र पोखरेलले बताए ।

त्यसै गरि नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रका लागि पाँच हजार र भर्खरै स्थापना भएको खार्पुनाथ गाउँपालिकाको याङ्चु बिक्री केन्द्रका लागि चार हजार क्वीन्टल खाद्यान्न जिल्लाबाट माग गरिएको होे ।

जिल्लाका लागि उपलब्ध हुने खाद्यान्न हवाई मार्ग र पैदल मार्गबाट ढुवानी हुने गरेको छ । केही समय अगाडिबाट काठमाडौं केरुङ, हिल्सा, याल्बाङ हुँदै सिमकोट पनि पैदल मार्गबाट पनि खाद्यान्न ढुवानी हुने गरेको छ ।

यो नाकाबाट प्रतिकेजी ८५ रुपियाँमा खाद्यान्न ढुवानी हुने गरेको छ । यता नेपालगञ्जबाट हवाई मार्ग हुँदै प्रतिकेजी १ सय १५ रुपैयाँ र सुर्खेत प्रति केजी एक सय पाँच रुपैयाँमा खाद्यान्न ढुवानी हुने गरेको छ । त्यसै गरि पैदलमार्गबाट सुर्खेत र धनगढीबाट पनि हाल खाद्यान्न ढुवानी हुने गरेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?