हुम्लामा गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार, बच्चाको मृत्यु

हुम्लामा गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार, बच्चाको मृत्यु
फाइल तस्बिर
+
-

सिमकोट– नाम्खा गाउँपालिकाको वडा नम्बर–६ लिमीकी एक जना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

चार दिनसम्म सुत्केरी ब्यथा लागेर थला परेकी ३५ वर्षीया गर्भवती छमजुम लामाको हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल ल्याइएको हो।

उद्धार गरिएकी लामाको शल्यक्रिया गर्दा दश मिनेट पनि बच्चालाई बचाउन नसकिएको डाक्टर अमित बिष्टले बताए। बच्चालाई बचाउन नसकिए पनि आमालाई बचाउन सफल भएको र केही ढिलो भएको भए आमालाई पनि खतरा रहेको डाक्टर बिष्टले बताए।

जिल्ला अस्पतालमा उपचाररत सुत्केरी लामाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। डाक्टर विष्टको नेतृत्वमा जिल्ला अस्पतालको टिमले शल्यक्रिया गरेको थियो।

लामालाई व्यथा लागेको चौथो दिनमा जिल्लामा खबर गरेपछि बल्ल हेलिकोप्टर रिजर्भ गरेर उद्धार गरिएको हो।

मानसरोवर कैलाशको पर्यटकीय सिजन भएको कारण सिमकोट विमानस्थलमा हेलिकोप्टररहेको कारण उद्धार गर्न केही सहज भएको हो। हेलिकोप्टरको खर्च सरकारले व्यहोर्ने छ।

लिमी सदरमुकाम सिमकोटबाट चार दिनको पैदल दूरीमा छ।

केही दिन अगाडी मात्र सर्केगार्ड गाउँ पालिकामा गर्भवती महिलाको मृत्यु भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?