कर्णाली करिडोरको लम्बाई २२ किलोमिटर कम

कर्णाली करिडोरको लम्बाई २२ किलोमिटर कम
फाइल तस्बिर
+
-

हुम्ला, सिमकोट – राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको लम्बाई २२ किलोमिटर घट्ने भएको छ । करिडोरको कालिकोटको खुलालुबाट बाजुराको लैफु हुँदै हुम्लाको सलिसल्लासम्मको सडक निर्माण गर्ने जिम्मा पाएको नेपाली सेनाले सडक निर्माणसँगै गरेको सर्वेको प्रतिवेदनमा करिडोरको लम्बाई घटेको देखिएको हो ।

सडक विभागले गरेको सर्वे प्रतिवेदनमा उल्लेख भएको १४५ किलो मिटर सडकको लम्बाई सेनाले निर्माणसँगै गरेको सर्वेमा २२ किलोमिटर लम्बाई घटेको खुलालु, लैफु, कवाडी, दोमुख हुँदै सलिसल्ला सडक निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर मिलन कार्कीले बताए ।

हुम्लाखण्डको कवाडीबाट सलिसल्लासम्म यसअघि ६१ किलोमिटर रहेकोमा अब ३९ किलोमिटर हुने भएको छ । नेपाली सेनाले कालिकोट र बाजुरा जिल्लाको ८४ किलो मिटर सडक निर्माण गरेर संचालनमा ल्याई सकेको छ । यसरी सडकको लम्बाई घट्नुमा सेनाले अप्ठ्यारो र चट्टानी भागमा पनि सीधा सर्वे लिएर सडक निर्माण कार्य गर्नु मुख्य कारण भएको प्रमुख सेनानी कार्कीले बताए । उनका अनुसार यसअघि सडक विभागले गरेको सर्वेमा त्यसो नभई सजिलो र चट्टानी भाग छलेर सर्वे गरिएको हुन सक्छ ।

यसअघि सडक विभागले उक्त करिडोरको हिल्साबाट जमूनासम्मको सडकको लम्बाई ५३० किलो मिटर निर्धारण गरिएको थियो । अब घटेर ५०८ किलोमिटर निर्धारण हुनेछ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?