विद्यालयकाे पर्खाल निर्माणका क्रममा सकेट बम भेटिए

विद्यालयकाे पर्खाल निर्माणका क्रममा सकेट बम भेटिए
सा‌ंकेतिक तस्बिर
+
-

सिमकोट– हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को ताक्लामा बागेश्वरी आधारभूत विद्यालयको पर्खाल निर्माण गर्ने क्रममा दुई वटा सकेट बम भेटिएका छन्। पर्खालका लागि जग खन्ने क्रममा ढुंगा निकाल्दा खिया लागेका सकेट बम भेटिएका हुन्।

सशस्त्र द्वन्दकै बेला राखिएकाे आशंका गरिएको सकेट बम खिया लागेको अवस्थामा कामदारले जमिन मुनि भेटाएका हुन्। नजिकको प्रहरी चौकी ग्याग्रुलाई खबर गरिएपछि प्रहरी बम भेटिएको स्थानमा पुगेर सुरक्षा दिईरहेको प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए।

बम भेटिएपछि स्थानीय बासिन्दा र कामदार त्रसित भएको भएपनि प्रहरी घटना स्थलमा पुगेर बम भेटिएको क्षेत्र नियन्त्रणमा लिएपछि स्थिती सामान्य भएको उनले बताए।

विद्यालयमा भेटिएका सकेट बम डिस्फोजल नभएसम्म प्रहरी उतै बस्ने र नयाँ भैरवी दल गुल्म रानीवनलाई खबर गरिएकोले सेनाको बम डिस्पोजल गर्ने टोली घटना स्थलतर्फ जाने तयारी गरेको छ।

घटनास्थल सदरमुकाम सिमकोटबाट चार घण्टाको पैदल दूरीमा छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?