सिमकोट–६ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

सिमकोट–६ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना
dav
+
-

हुम्ला, सिमकोट – सिमकोट गाउँपालिकाको वडा नम्बर ६ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ । सिमकोट गाउँपालिकाले केही समय अगाडि पालिकाका सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय गरे अनुसार स्वास्थ्य केन्द्रको स्थापना गरेको हो ।

जनतालाई स्वास्थ्य सहज र शुलभ किसिमले प्रदान गर्नका लागि वडा नम्बर ६ को तीन धारामा हाललाई स्थानीय विद्यालयको हातामा रहेको भवनलाई भाडामा लिएर आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर संचालन गरिएको वडा नम्बर ६ का अध्यक्ष जयचन्द्र रोकायाले बताए ।

जनताको घरदैलोमै स्वास्थ्य सेवा पुगेको र अब प्रभाकारी सेवा प्रदानका लागि आफू लाग्ने अध्यक्ष रोकायाले बताए ।

केन्द्रको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले स्वास्थ्य सेवाको पहुँच जनताको घर आगन मै पुुग्नु सकरात्मक कार्य भएको बताए ।

हाललाई दुईजना स्वास्थ्यकर्मीले आधारभूत उपचार र औषधी उपलब्ध गराउने गरी काम सुरु भएको पालिकाका स्वास्थ्य संयोजक ध्रुवकुमार सिंहले बताए ।

केन्द्रको उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष पदमबहादुर लामा, उपाध्यक्ष बली रावत, जिल्ला अस्पतालका डाक्टर दुर्गा सुर्खाली लगायत स्वास्थ्य स्वयम सेबिकाहरुको उपस्थिति रहेको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?