स्थानीय बाली परियोजना जिल्लाबाट बाहिरिने भएपछि सेवाग्राही चिन्तित

स्थानीय बाली परियोजना जिल्लाबाट बाहिरिने भएपछि सेवाग्राही चिन्तित
+
-

हुम्ला-लामो समयदेखि जिल्लाका रैथानने बालीहरुको रसंरक्षण तथा प्रर्बद्धन गर्दै आएको स्थानीय बाली विकास परियोजना बर्हिगमन हुने भएपछि यसका सेवाग्राहीहरुले चिन्ता ब्यक्त गरेका छन्।

सन् २०१४ देखि हुम्ला जिल्लामा परियोजनामा नाममा खार्पुनाथ गाउँपालिकाको वडा नम्बर चारको छिप्रामा रैथाने बालीको संरक्षण गर्दै आएको परियोजना निर्धारित समय पुरा भएपछि बर्हिगमन हुन लाग्दा यसका सेवाग्राहीहरुले चिन्ता ब्यक्त गरेका छन्।

बाहिरबाट उन्नत बीउ आएपछि जिल्लाका रैथाने बाली लोप हुने अवस्थामा पुगेको बेला सञ्‍चालनमा आएको परियोजनाले बाली संरक्षणका महत्बुपर्ण योगदान पुर्याएको अबस्थामा बर्हिगमन हुन लागेकोले दुःखी बनाएको किसान गोमा शाहीले बताइन्।

बिशेष गरेर हुम्ला जिल्लाका आठ वटा रैथाने बालीहरु चिनो, कागुनो, सिमि, लट्टे, जौ, उवा, मार्सी धान र गहुँको संरक्षण तथा प्रर्बद्धनमा महत्वपुर्ण योगदान पुर्‍याएको कार्यक्रम बाहिरिदा सेवाग्राही दुखी भएको उनको भनाई छ।

सहकारी मार्फत बीउ बैंक स्थापना गरेर किसानलाई रैथाने बाली प्रति आर्कषित गरेको स्ममरण गर्दै किसान शाहीले जता गए पनि सहयोग गर्न आग्रह गरिन्।

कार्यक्रममा परियोजनाले हालसम्म गरेका क्रियाकलापहरु समेटेको प्रतिबेदन सरोकारवालालाई जानकारी गरि त्यसको अपनत्व लिन समेत आग्रह गरिएको थियो। परियोजनाले महत्वपूर्ण पक्ष हुम्लाको दुधे चिनोको दर्ता प्रकृया अगाडि बढाएर ठूलो काम गरेको छ। त्यसैगरी स्थानीय रैथाने बालीको प्रर्बद्धन गर्न सहकारी मार्फत सामुदायिक बीउ बैंकको पनि स्थापना गरेर सञ्‍चालनमा ल्याएको थियो।

कार्यक्रममा लिबर्ड पोखरामा काम गर्दै आएकी रिता गुरुङ र बालि बिकास अधिकृत पन्तले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनु दिएका थिए। जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले पनि परियोजनाको चर्चा गर्दै अब जिल्लाले परियोजनाले छोडेका बााकी कामको जिम्मा लिने बताएका थिए।सरोकारवाला पक्षको उपस्थिति रहेको बर्हिगमन कार्यक्रम मानसरोवर होटेलमा सञ्‍चालन भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?