तोकिएको मितिमा बजेट नल्याउने पालिका बढी

तोकिएको मितिमा बजेट नल्याउने पालिका बढी
+
-

हुम्ला, सिमकोट – कानून अनुसार असार १० गते भित्र गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरिसक्नु पर्ने हो ।

तर हुम्लाका सात मध्ये पाँचवटा गाउँपालिकाले निर्धारित समयमा पेश गर्न सकेनन् । प्राविधिक तथा तयारी पूरा नभएपछि ती गाउँपालिकाहरुले गाउँसभामा बजेट पेश गर्न नसकेको जनाएका छन् ।

यसरी निर्धारित समयमा आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गर्न नसक्नेमा ताँजाकोट, चंखेली, सर्केगार्ड र खार्पुनाथ गाउँपालिका रहेका छन् ।

गत असार ३ गते कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही बेपत्ता भएपछि गाउँ कार्यपालिकाको बैठकले १३ औँ दिनको पुण्य तिथीसम्म गाउँपालिकाले कुनै बैठक तथा कार्यक्रम संचालन नगर्ने निर्णय गरेकोले गाउँसभा संचालन नभएको पालिका अध्यक्ष कर्ण रावलले बताए । उक्त गाउँपालिकाले असार २५ गतेसम्म बजेट पेश गर्ने तयारी गरेको उनले बताए ।

अरु चार वटा गाउँपालिकाहरुले तयारी नपुगेकोले बजेट पेश गर्न नसकिएको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए । ताँजाकोटले १४ गते, चंखेलीले असार १८ देखि २० गते र सर्केगार्डले असार १४ गते गाउँसभा संचालन गरेर बजेट पेश गर्ने तयारी गरेको सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?