महान पृथ्वी र सरकारको अर्थहीन अहम

महान पृथ्वी र सरकारको अर्थहीन अहम
+
-

अभूतपूर्व तर उचित शैलीमा नेपालीहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहप्रति कृतज्ञता व्यक्त गरे, उनको २९७ औं जयन्तीका अवसरमा, शुक्रबार। सरकार इतिहासको देन र आम नेपाली मनोभावनाप्रति उदासीन बन्यो, अर्थहीन र फोस्रो ‘इगो’ पालेर। पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको औपचारिक हैसियतका रुपमा सार्वजनिक विदा घोषणा गर्न केपी ओली सरकार तयार भएन।

यता राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायण शाहको शालिकमा भीड र जनताको श्रद्धा उर्लिन थालेपछि त्यहाँ पुगिन्, सेनाको सलामी लिएपछि राष्ट्र निर्माताको शालिकमा पुष्पगुच्छा चढाइन्।

सरकारले कुनै सार्वजनिक हैसियत प्रदान नगरेको अवसरमा पनि राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गर्न जानु राष्ट्रपतिको महानता मानिनु पर्छ तर निजी यात्राको अवसरमा उनलाई सेनाले सलामी दिँदा विवादमा ल्याउन सक्छ। परम्परा खल्बलिन सक्छ भविष्यमा।

पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्ने क्रममा प्रधानमन्त्री ओलीदेखि रक्षामन्त्री ईश्वर पोखरेल सम्मले राष्ट्र निर्माता र नेपाल एकीकरणप्रति सम्मान गर्दा पनि हीन भावना र अभिव्यक्ति प्रदर्शित गरेका छन्। उनीहरुका अभिव्यक्तिहरु अशोभनीय छन्।

२०६२ को परिर्वतनपछि विदेशी शक्तिको प्रभाव र वर्चस्व बढेपछि गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद् र तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको षड्यन्त्रपूर्ण सक्रियतामा राष्ट्रिय एकताका प्रतिकात्मक हैसियत बोकेका शाहको जन्मदिनलाई एकता दिवसका रुपमा मनाउने सिलसिला रोकिएको हो। त्‍यो सिलसिलालाई निरन्तरता दिएर ओलीले आफ्‍नो चिन्तन सिटौला र उनीजस्ताका भन्दा फरक नभएको देखाएका छन्।

ओलीले पृथ्वीनारायण शाहलाई सार्वभौम र स्वतन्त्र नेपालको प्रमुख अभियन्ता मानेका छन्, आफ्नो अभियानद्वारा। तर तिनै ओली राष्ट्र निर्मातालाई औपचारिक हैसियत प्रदान गर्न तयार छैनन्। यो कुण्ठाको कारण के ?

तर, केही स्थानीय सरकारहरुले पृथ्वी जयन्तीलाई आ-आफ्नो क्षेत्रमा सार्वजनिक छुट्टी दिएर ‘राष्ट्रिय एकता दिवस’को हैसियत प्रदान गरेका छन्।

इतिहासका सत्पात्रहरुलाई उनीहरुको योगदान अनुसार कदर र सम्‍मान गर्न राष्ट्र र समाज चुक्ने हो भने त्‍यो मुलुक कृतघ्‍नहरुको बस्ती मानिन्छ।

इतिहासलाई सधैं सत्ताले नियन्त्रित गर्न सक्‍दैन। नेपालको इतिहासमा पृथ्वीनारायण शाहको भूमिकालाई अवमूल्यन गर्नेहरु आफैँ खलनायक स्थापित हुने छन्, सचेत र सार्वभौम जनताका नजरमा।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?