सम्पादकीय

खतराबाट मुक्त छैन बिमस्टेक

खतराबाट मुक्त छैन बिमस्टेक
+
-

तीन दशकभन्दा बढी अस्तित्वमा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भारत र पाकिस्तानबीचको द्वन्द्व र अन्तरकलहमा बिलाउन खोजेको आशंका बढ्‍दै जाँदा नेपालले ‘सफलता’का साथ अर्को क्षेत्रीय संगठन ‘बिमस्टेक’को शिखर सम्‍मेलन सम्‍पन्‍न गरेको छ।

यसका प्राय: सबै विषय वा एजेण्डा सार्कसँग मिल्दाजुल्दा छन्। सार्कमा देखिने पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान बिमस्टेकमा समेटिएनन् भने अर्कोतिर बाँकी पाँच सार्क राष्ट्र सदस्‍य सँगै थाइल्याण्ड र म्‍यान्मार थपिए। बिमस्टेक सार्कको सट्टा अर्को संगठन होइन तर यी एक अर्काका पूरक हुन् भन्‍ने अभिव्‍यक्ति दुवैका अध्‍यक्षका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिए पनि बिमस्टेक कुन दिशामा जाला भन्‍ने आशंकामा डर पनि देखिन थालेको छ।

यो क्षेत्रीय प्रयासमा आफ्नो अघोषित नेतृत्व स्थापित गर्ने भारतको प्रयासलाई उसका हिसाबले अघोषित नमानिएला, तर प्रधानमन्त्री नरेन्द्र मोदीले त्‍यसमा शान्ति र समृद्धिको घोषित आवरणमा ‘सैन्य गठबन्धन’को सन्देश घुसाउन पनि सफल भएका छन्। बिमस्टेक लगत्तै भारतको पुनेमा हुन लागेको संयुक्त सैन्य अभ्‍यास र भारतले सदस्य राष्ट्रहरुको स्थल सेना प्रमुखहरुलाई बैठकमा निम्त्याउँदा त्‍यसलाई आतंकवादविरुद्ध मात्र लक्षित चाल हो भनी मान्‍नु कठन हुनेछ।

क्षेत्रीय सहयोग संगठनमा नेपाल एउटा स्पष्ट मान्यताका साथ प्रवेश गरेको छ। छिमेकीहरुसँग समान तटस्थता नेपाली विदेश नीतिको सनातनी र मौलिक पक्ष हो। कुनै पनि ‘सैन्य गठबन्धन’लाई प्रत्‍यक्ष या अप्रत्यक्ष रुपमा अनुमोदन गर्नु या त्‍यसमा सहभागि बन्‍नु नेपालका लागि घातक हुनेछ। आफ्नो भू-सामरिक तथा राजनीतिक अवस्थितिका कारण श्रीलंका, म्‍यानमार लगायतका मुलुकहरुले पनि भोलि बिमस्टेकको ‘सैन्य पक्ष’बाट आफूलाई अलग गर्नु पर्ने वातावरण उत्पन्‍न नहोला भन्‍न सकिन्‍न।

क्षेत्रीयताको अवधारणामा समानता, आपसी विश्वास, समान योगदान र लाभ जस्ता विषय महत्वपूर्ण हुन्छन् तर त्यहाँ ‘प्रोक्सी’ नेतृत्व र महत्वाकांक्षा जस्ता अवधारणाका अल्पायु या विश्‍वसनीयताका कारण बन्‍न सक्छन। ‘बिमस्टेक’ त्यो खतराबाट मुक्त छैन।

नेपालको संलग्नता शान्ति, सम्वृद्धि, व्यापार लगानी र उर्जा विस्तार तथा कनेक्टिभिटी का रुपमा मात्र लाभदायक हुन सक्छ उसलाई। ओलीकै नेतृत्वमा अर्को अर्थ लाग्ने गरी प्रवेश भएको ‘सैन्‍य मामिला’ सम्भवत: यस बिमस्टेकको वडापत्र तयार हुँदा निरुत्साहित हुनेछ।

सार्कको अवधारणा र जन्ममा नेपाल (राजा वीरेन्द्र) सुरुदेखि नै सक्रिय रहिआएका थिए। आतंकवाद यो क्षेत्रमा ठूलो चुनौती रहिआएको छ। तर भारतसँगका कटूताकाे कारण दुईपक्षीय तनावलाई तिब्रता दिनसक्ने पाकिस्तान या सार्कको मान्यता र सम्बृद्धिमा प्रतिवद्धता देखाई ‘पर्यवेक्षक’ को हैसियत पाएको चीनको प्रतिकृया के होला, आगामी दिनमा त्‍यो पनि बिमस्टेकको स्वास्थ्य र सफलताका लागि अर्थपूर्ण हुनेछ।

क्षेत्रीयताको अवधारणामा समानता, आपसी विश्वास, समान योगदान र लाभ जस्ता विषय महत्वपूर्ण हुन्छन् तर त्यहाँ ‘प्रोक्सी’ नेतृत्व र महत्वाकांक्षा जस्ता स्वार्थ घुस्दा बिमस्टेक अवधारणा अल्पायु बन्न सक्छ या उसले विश्‍वसनीयता गुमाउन सक्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?