निहारिकाको योगमायालाई मदन पुरस्कार

निहारिकाको योगमायालाई मदन पुरस्कार
+
-

काठमाडौँ – मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार निलम कार्की निहारिकाको उपन्यास योगमायालाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीको सोमबार बसेको बैठकले निहारिकाको उपन्यास योगमायालाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै जगदम्बा–श्री पुरसकार शान्तदास मानन्धरलाई अर्पण गर्ने निर्णय पनि गुठीले गरेको छ ।

मदन पुरस्कार वर्षभर प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई र जगदम्बा–श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा विशेष योगदान दिएवापत व्यक्तिलाई प्रदान गरिन्छ । शान्तदास मानन्धर लामो समयदेखि बालसाहित्यमा उल्लेख्य योगदान दिएका व्यक्ति हुन्।

२०७४ को मदन पुरस्कारका लागि निहारिकाको योगमाया सहित उपन्यासहरु– सरस्वती प्रतिक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, ध्रुबसत्य परियारको कथा संग्रह कैरन, गैरआख्यान कृतिहरु– मोहन वैद्यको हिमाली दर्शन, नयनराज पाण्डेको यार, यज्ञशको भुइँया र राज माङलाङको कविता संग्रह लिम्बुनी गाउँ छनोट भएका थिए ।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपटक विक्रम सम्बत २०१३ सालमा हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो भने २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरुप जगदम्बा–श्री पुरस्कार घोषणा गर्न थालिएको हो । दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?