संगीतकर्मी दुर्गा खरेललाई गोपाल योञ्जन स्मृति पुरस्कार

संगीतकर्मी दुर्गा खरेललाई गोपाल योञ्जन स्मृति पुरस्कार
+
-

काठमाडौँ – गायक, सङ्गीतकार तथा गीतकार दुर्गा खरेल ‘गोपाल योञ्जन स्मृति पुरस्कार–२०७५’ बाट सम्मानित भएका छन् ।

वरिष्ठ साधक, स्रष्टा तथा शिल्पी गोपाल योञ्जनको ७६ औँ जन्मजयन्तीका अवसरमा शुभारम्भः द म्युजिकल जोर्नीले एक कार्यक्रम गरेर उनलाई सम्मान गरेको हो ।

कार्यक्रममा गीतकार नगेन्द्र थापाले गोपाल योञ्जनले समाजका लागि धेरै कुरा दिए पनि समाजले उनलाई केही दिन नसकेको बताए । उनले भने “गोपालले दिएको भन्दा १० प्रतिशत पनि समाजले उनलाई दिन सकेन ।” योञ्जनले समाजका लागि अतुलनीय योगदान गरेको उनले बताए ।

सम्मानित व्यक्तित्व दुर्गा खरेलले आफूले योञ्जनसँग सङ्गीत सिकेको बताए । उनले भने, “मैले उहाँसँग सङ्गत गर्न पाएको थिएँ, त्यो नै मेरा लागि सुनौलो अवसर भयो ।” संस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नेपाली लोकगीतलाई उचाइ दिनका लागि योञ्जनको भूमिका रहेकामा जोड दिए ।

स्रष्टा शरद प्रधानले नेपाली सङ्गीत क्षेत्रमा योञ्जनको योगदानका बारेमा चर्चा गरे । संगोजक गीतकार सुवासचन्द्र ढुङ्गेलले संस्थासँग अरु आर्थिक स्रोत नहुँदा पैसा उठाएरै कार्यक्रम गरेको बताएका थिए ।

कायक्रममा सम्मानित संगीतकर्मी दुर्गा खरेलसहित शैलेश सिंह, सुरजकुमार थापा, अधिश्री कशपाल, लोचन भट्टराईसहितका कलाकारले गोपाल योञ्जनका विभिन्न गीत प्रस्तुत गरेका थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?