नाडा र वाडाको अन्तरक्रिया

नाडा र वाडाको अन्तरक्रिया
+
-

पोखरा : नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आफ्नो चौथो कार्यसमिति बैठक भदौ १ गते पोखरामा आयोजना गर्यो । बैठकले देशका बिभिन्न क्षेत्रमा रहेर अटोमोवाइल ब्यवसायीको समस्याको विषयमा समस्याबारे छलफल गरेको छ ।

कार्यसमिति बैंठक पछि पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा)सँग अन्तक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रिया कार्यक्रमले स्थानीय स्तरमा बसेर कसरी ब्यवसाय संचालन भइरहेको छ । व्यवसाय संचालनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे छलफल भएको थियो ।

वाडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा भएको उक्त अन्र्तक्रिया कार्यक्रमा अधिकांस ब्यवसायीले स्थानीय सरकारले लगाएको कर, बजेटले सवारी साधनमा बढाएको कर, पोखरामा अटो भिलेज निर्माण, नाडा अटो शो पोखरमा गर्नु पर्ने जस्ता बिषयको उठान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिन्दु थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको कर नलगाएको जानकारी दिदै यदि यस्ता कर सरकारले लगाउन खोजे आफुहरु त्यसको विपक्षमा उभिने जानकारी दिए ।

उनले विकास निर्माणको काम अगाडी बढिरहेको जानकारी दिदै ब्यवसाय मैत्री वातावरण निर्माणमा आफुहरु लाग्ने जानकारी दिएका थिए ।

नाडा र वाडाबीचको सम्बन्धको बिस्ताको विषयमा नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘नाडाले सबै प्रदेशमा रहेर अटोमोवाईल क्षेत्रसँग जोडिएर ब्यवसाय गर्ने ब्यवसायीको हक र हितमा काम गर्ने हँुदा सबै प्रदेशमा आफ्नो उपस्थिति गराउने कार्य अगाडि बढेको छ । संघिय सरकारसँग गर्नुपर्ने कामको लागि नाडाले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्छु ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?