विराटनगरमा बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यान

विराटनगरमा बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यान
+
-

विराटनगर – बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्री वितरण विराटनगरमा सुरु भएको छ। शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा २ सय ३६ सिसिको फोर स्ट्रोक डिटिएस आई इन्जिनको पिक अप लोेडरले ५ सय १५ किलोतौल ग्रामको भार वहन गर्न सक्ने वितरक कम्पनी केसरी चन्द भवरलालले जनाएकोे छ ।

कम्पनीका प्रमुख प्रशान्त तातेडले १२ लिटर पेट्रोल क्षमताको पिक अप लोडर नगरको साँघुरो गल्लीमा समेत सहज रुपमा पस्नसक्ने बताए। तिन चक्के म्याक्सी–सीको डिजाइन मुख्यतः ग्यास सिलिण्डर बोक्न, पेयपदार्थ, सब्जी ओसारपोसार, पानीको जार, दुघजन्य खाद्यान्नको ओसारपोसारमा उपर्युक्त भएको बताइएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले नेपालमा भित्राएको म्याक्सी–सीको विराटनगरमा केशरीचन्द भवरलाल कम्पनीले विक्री वितरण सुरु गरेको हो। ग्राउण्डस् क्लियरेन्स १ सय ९० एमएमको रहेको यस म्याक्सी–सीको नारा ‘अधिक आम्दानीको लागि अधिक शक्ति’ राखिएको छ। ३ दशमलव २ मिटर टर्निङ रेडियस रहेको म्याक्सी–सीले सानो स्थानमा समेज सहज रुपमा घुमाउने सकिने हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र श्रेष्ठले जानकारी दिए।

उनले यस सवारीले २५ देखि ३५ किलोमिटरको माइलेज दिने दाबी गरे। हरियो, निलो र रातो रङमा उपलब्ध म्याक्सी–सी सुनसरीका देवानगञ्जका सुरेन्द्र मेहताले खरिद गरेकाछन्। त्यसैगरि, पहिलोदिनमै थप १५ वटा बुक भएको केसरीचन्द भवरलाल कम्पनीले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?