अलविदा

नोबेल पुरस्का विजेता साहित्यकार भिएस नायपालको निधन

नोबेल पुरस्का विजेता साहित्यकार भिएस नायपालको निधन
+
-

नोबेल पुरस्कार विजेता साहित्यकार सर भिएस नायपालको निधन भएको छ । ८५ वर्षका विश्व चर्चित साहित्यकार नायपालको लण्डन स्थित घरमै निधन भएको पावारिक स्रोतले जानकारी दिएको छ ।

उपन्यासकार नायपलाको ट्रिनिडाडको ग्रामीण क्षेत्रमा सन् १९३२ मा जन्म भएको थियो ।

नायपालले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका हुन् । उनका धेरै चर्चित पुस्तक छन्। त्यसमध्ये ‘अ बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ सबैभन्दा चर्चित पुस्तकका रुपमा रहेका छन् ।

उनले ३० भन्दा धेरै पुस्तक लेखेका छन् । नायपालले सन् १९७१ म बुकर प्राइज तथा सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कार पाएका थिए । उनले नोबेल पुरस्कार ग्रहण गरेपछि आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका थिए ।

निधन पश्चात उनकी श्रीमती नादिराले भनेकी छन्, ‘उनले सिर्जनशीलता र उद्यमले भरिएको जीवन बाँचे । अन्तिम सास लिने बेलामा उनलाई माया गर्ने र उनले माया गर्ने सबै व्यक्ति साथमा थिए ।’

सन् १९५० मा उनले सरकारी स्कलरसिप पाएका थिए, त्यसपछि उनी अध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालय गए । विद्यार्थी जीवनमा उनी डिप्रेशनमा पनि गएका थिए, जसले गर्दा नायपालले आत्महत्याको प्रयास पनि गरेका थिए ।

नायपालको पहिलो पुस्तक ‘द मिस्टिक म्यासर’ सन् १९५१ मा प्रकाशित भएको थियो । त्यसको एक दशकपछि उनको सबैभन्दा चर्चित उपन्यास ‘अ हाउस फर मिस्टर विश्वास’ प्रकाशित भयो । नायपालले तीन वर्ष लगाएर यो उपन्यास लेखेका थिए ।

नोबेल कमिटिले साहित्यको माध्यमबाट बितेको इतिहासका बारेमा रहेको भ्रामक बुझाइलाई स्पष्ट पारेकोमा सन् २००१ मा नोबेल पुरस्कार दिएको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?