अलविदा दाहाल यज्ञनिधि

जदौले पाएको पहिचान र विवाद

जदौले पाएको पहिचान र विवाद
+
-

धेरैको कानलाई सञ्चो बनाउने यो आवाज अब सुन्न नपाइने भएको छ । रेडियो नेपालको कार्यक्रम ‘साहित्य संसार’ बाट ‘जदौ’ भन्दै बोलाउने दाहाल यज्ञनिधि यो संसारबाट बिदा भए ।

‘जदौ’ शब्दसँग धेरै कुरा जोडिएको छ दाहाल यज्ञनिधिको । दलित भनिने जातजातिका मानिसले उपल्लो ठानिएका जातिलाई अभिवादन गर्दा आदरपूर्वक बोलिने शब्द हो जदौ, यहि शब्द रेडियो नेपालको कार्यक्रम साहित्य संसारमा बोलेकैले धेरै हप्किदप्की खानु परेको थियो, धेरै ठाउँमा स्पष्टिकरण दिनुपरेको थियो । साहित्यकार टंक भट्टराई भन्छन्, ‘उनी निडर, निर्भिक र बिद्रोही स्वाभावका थिए ।’

दाहाल यज्ञनिधि ब्राम्हणका छोरा थिए, तर ब्राम्हणवादको विरोधी । उनले खोटाङकै दानबहादुर विश्वकर्मासँग मितरी साइनो पनि गाँसेका थिए । उनले आफ्नो मितको घरमा खाना खाएको र मितलाई घरमा लगेर आमाको हातको टिका लगाईदिएको घटनाले त्यो बेला तहल्का मच्चाएको थियो रे ।

‘बाहुनको छोरा भएर कामीको घरमा जान्छस् भनेर अरुले उनको बिरोध गरेका थिए ।’ यज्ञनिधिलाई सानैबाट चिनेका साहित्यकार टंक भट्टराईले भनेँ, ‘उनी बिपि कोइरालालाई सम्मान गर्ने र पञ्चायतको विरोधि थिए । उनलाई शासनको नाममा नागरिकलाई गरिने दमनको खुल्ला बिरोध गर्न भय लाग्दैनथ्यो।’

उनको जन्म विसं २०१० साल साउन ८ गते खोटाङको लथ्याङको धारापानीमा भएको हो । उनी घरका जेठा छोरा थिए । उनी १६ वर्षको हुँदा उनका बाबा बितेका थिए। त्यसपछि उनको औपचारिक पढाई रोकिएको थियो ।

उनी गाउँमा एकदमै दुख र मेहेनत गर्ने व्यक्ति भएको साहित्यकार टंक भट्टराईले बताए ।

पछि उनी काठमाडौँ आइपुगे र सँस्कृतको अध्ययन गरे । उनी दरबार हाइस्कूलमा पढाउँथे पनि ।

२०३४ सालको कात्तिकमा दाहाल यज्ञनिधिको रेडियोको यात्रा सुरु भएको थियो । विज्ञापनमा दिएको आवेदन र स्वर परीक्षा र अन्तर्वार्ताबाट पहिलो नम्बरमा नाम निस्किएपछि रेडियो नेपालमा उनको आवाज गुञ्जिएको थियो ।

उनले करारमा नै २०५७ सम्म जागिर गरिरहेँ । यहि बेलामा मृगौला फेल भएपछि उनी रेडियो जान सकेनन् । उनको २३ वर्षको निरन्तर यात्रा रोकियो ।

फेरि उनी २०६३ साल कात्तिक ११ गतेमा रेडियो नेपालको नयाँ नियुक्ति पाए र दुई वर्ष कार्यक्रम चलाए । उनी रेडियो अन्नपूर्णबाट पनि जदौ भन्दै थिए, गएको शनिबार उनले बोलेको जदौ नै अन्तिम जदौ बन्यो ।

२०५७ सालमा उनको मृगौला फेरिएको हो । २०६८ साउनबाट यज्ञनिधिलाई बाहिर हिँड्न समस्या भयो । उनी ओछ्यान परेँ, हप्तामा तीन पल्ट डायलासिस् गर्नुपर्थ्यो ।

साउन २३ गते उनी घरमा लडेर बेहोस भएका थिए । उनको टाउकोमा चोट लागेको थियो, तर दिमागमा रगत जमेछ । उनको डायलासिस् भईरहेको कारणले थापाथलिको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार हुन सकेन र सुमेरु अस्पताल रिफर गरियो । उनको निधन म्यासिभ ब्रेन ह्यामरेजका कारणले भएको अस्पतालले जनाएको छ ।

उनलाई २०४५ सालमा नै मृगौलामा समस्या देखिएको थियो। रोगसँग नडराई बाँचेका यज्ञनिधि थाहै नपाई बिदा भए ।

अलविदा ‘दाहाल यज्ञनीधि’, जदौ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?