साँगामा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन

साँगामा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन
+
-

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको साँगामा ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका सहायक महाप्रबन्धक मनोज खड्का र प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब केसीले संयुक्त रुपमा दीप प्रज्जवलन गरी औपचारिक रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा सहायक महाप्रबन्धक मनोज खड्काले मेगा बैंकको हलो देखि हाइड्रो भन्ने नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले मेगा बैंकको शाखा रहित बैंंकिङ्ग सेवालाई काभ्रे जिल्लामा स्वागत गर्दै बैंकले अझ विकट क्षेत्रहरुमा गई बैंकिङ्ग सेवा दिन सुझाव दिए ।

ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई कमाएको पैसा वचत गर्न सिकाउनुपर्ने, समाज सुधारको लागि बैंकले पहल गर्नुपर्ने विचार ब्यक्त गरे ।कार्यक्रममा माइक्रो बैकिङ्ग विभाग प्रमुख प्रकाश पोखरेलले उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?