मेगा बैंकका ग्राहकहरुलाई नर्भिक अस्पतालमा पनि विशेष छुट

मेगा बैंकका ग्राहकहरुलाई नर्भिक अस्पतालमा पनि विशेष छुट
+
-

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले विशेष छुट दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र नर्भिक अन्तर्राष्ट्रिय अस्पताल बीच मंगलबार मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोही सम्झौता बमोजिम मेगा बैंकका ग्राहकहरुलाई नर्भिक अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो ।

सम्झौता अनुसार, नर्भिक अस्पतालले दिईरहेको वार्षिक स्वास्थ्य परिक्षण प्याकेजको नियमित छुटमा मेगा बैंकको ग्राहकलाई थप ५ प्रतिशत छुट दिने भएको छ ।

यसैगरी, प्याथोलोजी, रेडियोलोजी, सिटी स्क्यान, एमआरआई, मेम्मोग्राम, मुटुसम्बन्धी उपचार र शल्यक्रियामा १०–१० प्रतिशत छुट दिने भएको छ ।

साथै अस्पतालमा भर्ना हुने ग्राहक र उनको परिवारले ५ प्रतिशत छुट पाउने छन् । मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकलाई नर्भिकले फास्ट ट्रयाक मेडिकल केयर सर्भिस दिनुका साथै आकस्मिक एम्बुलेन्स सेवा समेत प्रदान गर्ने भएको छ ।

ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै मेगा बैंकले यस प्रतिष्ठित अस्पतालसँग साझेदारी गरेको हो । यो सेवाबाट मेगा बैंकका पाँच लाख भन्दा बढी ग्राहक र उनीहरुको परिवार लाभान्वित हुने भएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?