हुवावेको नोभा थ्री र नोभा थ्री आई सार्वजनिक

हुवावेको नोभा थ्री र नोभा थ्री आई सार्वजनिक
+
-

काठमाडौँ – चिनियाँ फोन उत्पादक कम्पनी हुवावेले नोभा सिरिजअन्तर्गतका नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरेको छ।

फोन सार्वजनिक गर्ने क्रममा हुवावे नेपालका सिइओ डेनि ड्या ले यी फोन नेपालीहरू सोचेभन्दा पनि राम्रो भएकोले निकै रुचाउने दाबी गरे।

यी स्मार्टफोनमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली (एसओसी) जडान गरिएको कम्पनीले जनाएको छ।

नोभा थ्री तथा नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्ट्भििसल इन्टेलिजन्स (एआई) प्रणाली जडित छ।

दुवैमा दुई वटा फ्रन्ट क्यामरा छन्। २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ। नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुई वटा एफ १।८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रा तस्बिर खिच्ने कम्पनीको दाबी छ।

थ्री आईको रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर छ। अघिल्ला संस्करणका स्मार्टफोनभन्दा यी स्मार्टफोन आकर्षक र पातलो रहेको हुवावेले जनाएको छ।

दुवै फोनमा आइरिस ब्लु कलरको प्रयोग गरिएको छ। दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। नोभा थ्रीमा किरिन ९७० एसओसी जडान गरिएको छ। नोभा थ्री आई किरिन ७१० एसओसी जडित छ।

कम्पनीले नोभा थ्री आईको मूल्य ३८ हजार ९ सय र नोभा थ्रीको मूल्य ५९ हजार ९ सय निर्धारण गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?