आइएमई इन्स्योरेन्सका थप दुई शाखा सञ्चालनमा

आइएमई इन्स्योरेन्सका थप दुई शाखा सञ्चालनमा
+
-

काठमाडौँ– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । निर्जीवन बीमा सेवा विस्तारको क्रममा चितवनको रत्ननगर टाँडी र नवलपरासीको कावासोतीमा शाखा सञ्चालनमा आएका हुन् ।

टाँडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।

कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बुधबार गरेका हुन् ।

बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने अधिकृत श्रेष्ठले बताए ।

अब कम्पनीले ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवा प्रदान गर्न थालेको छ ।

कम्पनीको चुक्त पुंजीको सम्बन्धमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु.९७ करोड २० लाख पुग्ने र तत् पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुंजी १ अरब २ करोड ६ लाख पर्‍याईने जानकारी गराउंदै यस आर्थिक बर्ष २०७५।०७६ मा थप १२ शाखाहरु खोली आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिंदै कम्पनीले गत आ.व.२०७४/०७५ मा १ अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए । आर्जित बीमा शुल्क अघिाल्लो आवको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले आ.व २०७५/०७६ मा स्वास्थ्य बीमामा विषेश जोड दिइने नीति लिएको जानकारी दिंदै सुलभ स्वास्थ्य बीमाको लागि जतिसक्दो छिटो कम्पनीको शाखाहरुमा सम्पर्क गरी यो सेवा लिन पनि सबैलाई आग्रह गरे ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?