नाचघरमा ढुङ्गेलका मुक्तक र गीतहरुको शृङ्खला

नाचघरमा ढुङ्गेलका मुक्तक र गीतहरुको शृङ्खला
+
-

काठमाडौँ – गीतकार तथा लघुकथाकार सुवासचन्द्र ढुङ्गेलको एकल मुक्तकवाचन तथा सांगीतिक कार्यक्रम भएको छ । सांस्कृतिक संस्थान तथा डिएमपिएस पूर्व विद्यार्थी समाजको आयोजानामा शुक्रबार जमलमा रहेको नाचघरमा भएको कार्यक्रममा ढुंगेलले आफ्ना ३५ वटा मुक्त वाचन गरे ।

यस्तै उनका गीतहरु गाइएका थिए । ढुंगेलले मुलुकमा असल नेता नजन्मिएको, देवता र राक्षस गुण भएका छुट्याउन गाह्रो भएको, कालो धनको प्रयोग गर्न पुरस्कारहरु स्थापना गरिएको, युवाहरु विदेशमा रोजगारका लागि बाध्य भएर जानुपरेको जस्ता विषय आफ्ना मुक्तकमा समेटेका थिए ।

प्रमुख अतिथि संस्कृतिकर्मी चेतन कार्कीले ढुङ्गेलका मुक्तकमा कतैकतै अनुप्रास नमिले जस्तो लागे पनि भावना र संवेगका दृष्टिले सशक्त रहेको बताए । संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थाले हरेक महिनाको पहिलो बिहीबार सङ्गीत, दोस्रो बिहीबार काव्य र चौथो बिहीबार गायन कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए ।

साहित्यकार प्रकाश सायमीले ढुङ्गेल ३० को दशकमा उदाएका गीतकार भएको बताए । कार्यक्रममा ढुङ्गेलद्वारा लिखित ‘मेरा यी हातहरुमा तरबार र छुरा नहोस्’, मनविना बाँच्न पाए हुन्थ्यो दुईचार वर्ष, ‘जति पीडा’, ‘चोट के हो’, ‘उसको नजरमा’, ‘जति चोट दिन्छौ’ बोलका गीत मेनुका पौडेल, अधिश्री कसपाल र दिवाकर शर्माले गाएका थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?