श्रममन्त्रीले झिकाए पहिलो पटक म्यानपावर व्यवसायी

श्रममन्त्रीले झिकाए पहिलो पटक म्यानपावर व्यवसायी
वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकाल र रोहन गुरुङ ।
+
-

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीलाई छलफलका लागि बोलाएका छन् । मन्त्रीविष्टले आइतबार दिउँसो प्रमुख व्यवसायीहरुलाई अहिले देखिएको वैदेशिक रोजगारीको समस्या समाधानका लागि छलफल गर्न बोलाएका हुन् ।

मन्त्रीले पार्टीगत व्यवसायीका अध्यक्ष, संघका वर्तमान पदाधिकारी तथा पूर्व अध्यक्षलाई मात्रै बोलाएका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न भन्दै एकपछि अर्को निर्णय गर्दै आएका मन्त्रीले यसअघि व्यवसायीसँग कुनै छलफल नगरेको संघका अध्यक्ष रोहन गुरुङले बताए ।

तर आफूहरुसँग छलफल नगरेपनि केहि निर्णय भने आफूहरुले माग गरेअनुसार नै भएको उनको भनाई छ । मलेसियामा भैरहेको स्वास्थ्य परीक्षण लगायतका सिन्डिकेट तोड्न म्यानपावर व्यवसायीले पनि माग गर्दै आएका थिए ।

अध्यक्ष गुरुङले भने, ‘मन्त्रीज्यूले बोलाउनु भएको छ, किन हो भन्ने थाहा छैन । तर समस्या समाधानका लागि हो भने हामी त्यहि अनुसार सुझाव दिनेछौं । म खराब गर्ने व्यवसायीको अध्यक्ष होइन, उनीहरुलाई संरक्षण गर्न सक्दिन, कारबाही गर्नुस् नै भन्छु ।’

तर वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले भने मन्त्रीलाई मनपरी नगर्न आग्रह गरेका छन् । उनले भने, ‘मन्त्रीज्युको अहिलेको काम हेर्दा राजनीतिक प्रतिसोध साँधेको देखिन्छ, यसलाई उहाँले तत्काल रोक्नुपर्छ । प्रचारमुखी भन्दा पनि परिणाममुखि काम गर्न मन्त्रीलाई आग्रह गर्छु ।’

यसअघि पटक पटक व्यवसायीले भेट्न खोज्दा पनि समय नदिएका मन्त्रीले आइतबार भने आफैं बोलाएका हुन् । म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्ने र कडा कारबाही गर्ने तयारी भैरहेको बताइएका बेला मन्त्रीले बलाउनु अर्थपूर्ण छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?