सुत्ने अवधि र मृत्यु

हप्ताभर कम सुत्नेलाई बिदाको दिन बढी सुत्दा फाइदा

हप्ताभर कम सुत्नेलाई बिदाको दिन बढी सुत्दा फाइदा
+
-

हप्ताका कार्यालय दिन अर्थात अफिस जानु पर्ने समयमा रातमा पाँच घण्टा भन्दा कम सुत्ने व्यक्तिमा ज्यानको जोखिम बढी हुने देखिएको छ । यो कुरा अनुसन्धानकर्ताले यसअघि पनि बताउँदै आएका हुन् । तर यसको उपाय निस्किएको छ ।

काम गर्नु पर्ने हप्ताका दिनमा पाँच घण्टा वा त्यो भन्दा कम सुत्न पाउने व्यक्तिले बिदाको दिन अर्थात विकएण्डमा ९ घण्टा वा त्यो भन्दा बढी सुतेमा निन्द्रा कम भएकै कारण हुने स्वास्थ्य समस्याबाट मुक्ति पाउन सक्ने र लामो समयसम्म जीवित रहन सक्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन्।

स्वीडिस तथा अमेकिरी अनुसन्धानकर्ताले गरेको नयाँ अनुसन्धानबाट हप्ताका कार्यालय दिनमा पाँच घण्टा वा त्यो भन्दा कम सुत्न पाउने व्यक्ति बिदाको दिनमा ९ घण्टासम्म सुतेमा जोखिम कम हुने देखिएको छ ।

स्टकहोम विश्वविद्यालयका अनुसन्धानकर्ताले ६५ वर्ष भन्दा कम उमेरका ४३ हजार भन्दा बढी व्यक्तिमा १३ वर्ष लगाएर गरेको अनुसन्धानमा बिदाको दिनमा पनि पाँच घण्टा भन्दा कम सुत्ने व्यक्तिको निधन बिदाको दिनमा त्यो भन्दा बढी वा ९ घण्टासम्म सुत्ने व्यक्तिको भन्दा चाँडो हुने देखिएको छ ।

व्यक्तिको जीवन अवधिमा शिक्षा, बडी मास इनडेस्क, धुम्रपान, गम्भीर रोग, रक्सी पिउनु, शारीरिक गतिविधिसहितका कुराले पनि प्रभाव पार्छ ।

तर उमेर बढ्दै जाँदा हप्ताभर पाँच घण्टा भन्दा कम सुत्न पाउने र बिदाको दिनमा पनि त्यति नै सुत्ने व्यक्ति भन्दा बिदाको दिनमा त्यो भन्दा बढी सुत्ने व्यक्तिमा विभिन्न समस्या देखिएर हुने मृत्युको दर कम रहेको अनुसन्धानबाट पत्ता लागेको हो ।

हप्ताभर पूरा सुत्न नपाएको भरणपोषण बिदाको दिनको सुताइले गर्ने देखिएको हो । अनुसन्धान प्रतिवेदन जर्नल अफ स्लिप रिसर्चमा प्रकाशित भएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?