दिनको एउटा अण्डा, हृदय रोगको जोखिम १८ प्रतिशत कम

दिनको एउटा अण्डा, हृदय रोगको जोखिम १८ प्रतिशत कम
सांकेतिक तस्बिर
+
-

दिनको एउटा अण्डा खाएमा हृदय रोग (कार्डिओभास्कुलर डिजिज) जोखिम कम हुने देखिएको छ ।

चीनमा चार लाख भन्दा बढी मानिसमा गरिएको अनुसन्धानबाट दिनको एउटा अण्डा खाने व्यक्तिमा हृदय रोगको जोखिम १८ प्रतिशत कम देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

दिनको एउटा अण्डा खाने भन्दा नखाने व्यक्तिमा कार्डिओभास्कुलर डिजिजका कारण ज्यान जान सक्ने जोखिम १८ प्रतिशत बढी देखिएको हो ।

यस्ता रोगमा विशेष गरी हृदयघात, स्ट्रोक बढी रहेका छन् । वयस्क व्यक्तिमा गरिएको अनुसन्धानको प्रतिवेदन बिएमजे हार्ट जर्नलमा प्रकाशित भएको छ ।

यसअघि डाक्टरले हृदय रोगको जोखिमबाट जोगिनका लागि धेरै अण्डा खान नहुने बताउने गरेका थिए । अण्डामा उच्च गुणस्तरको प्रोटिन तथा अरु पोषक तत्व हुने भए पनि त्यसमा क्लेस्ट्रोलको मात्रा पनि बढी हुन्छ, जुन हृदय रोगको जोखिम भएकालाई उपयुक्त मानिदैन ।

तर दिनको एउटा अण्डा खानु चाहिँ हृदय रोगको जोखिम कम गर्नका लागि उपयुक्त देखिएको चीनको बेइजिङ्गमा रहेको पेकिङेग विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताले बताएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?