कंगोमा फैलियो इबोलाको महामारी

कंगोमा फैलियो इबोलाको महामारी
कंगोमा अहिलेसम्म इबोलाका कारण २३ जनाको ज्यान गएको पुष्टि भएको छ । तस्बिर : एएफपी/गेट्टी इमेज
+
-

कंगोमा फेरि इबोलाको महामारी फैलिएको छ । कंगोको ग्रामीण क्षेत्रमा मेको सुरुमा देखिएको इबोला संक्रमणले महामारीको रुप लिएको हो ।

कंगोका स्वास्थ्य मन्त्री ओली इलुन्गा कालेन्गाले मबान्डाकामा इबोलाको महामारी फैलिएको पुष्टि गरेका हुन् ।

मबान्डाकाम भन्दा १३० किलोमिटर पर रहेको गाउँमा मे को सुरुमा इबोलको संक्रमण भेटिएको थियो । त्यसले १० लाख भन्दा बढीको बसोबास रहेको मबान्डाकामा अहिले महामारीको रुप लिएको स्वास्थ्यमन्त्री कालेन्गालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

मबान्डाका ग्रामीण भूभागलाई राजधानी किन्शाससँग जोड्ने प्रमुख बजार हो । जहाँबाट राजधानी आउने जाने गाडी चल्ने गर्छन् । अहिलेसम्म ४२ जनामा इबोलाको संक्रमण रहेको पुष्टि भएको छ ।

इबोलकै कारण २३ जनाको ज्यान गएको छ । यो कंगोको इक्वेटर प्रान्तका तीन स्वास्थ्य संस्थाको तथ्याङ्क रहेको विश्व स्वास्थ्य संगठन, डब्लुएचओले जनाएको छ ।

स्वास्थ्यकर्मीले अहिलेसम्म इबोला संक्रमणको सम्भावना रहेका ४३० जनाको पहिचान गरेको डब्लुएचओका पिटर सलामाले बताएका छन् । कंगोको उत्तर–पश्चिमी क्षेत्रमा अहिले इबोलाको संक्रमण फैलिएको हो ।

त्यस क्षेत्रमा चार हजार भन्दा बढीमा इबोला संक्रमणको उच्च जोखिम रहेको र स्वास्थ्यकर्मी उनीहरुसम्म पुग्ने प्रयासमा रहेको डब्लुएचओले उल्लेख गरेको छ ।

डब्लुएचओले बुधबार त्यस क्षेत्रमा परीक्षणका लागि तयार गरिएको खोपको चार हजार भन्दा बढी मात्रा पढाइएको छ ।

सन् २०१४ र २०१६ मा फैलिएको इबोला महामारीका कारण गिनी, लाइबेरिया र सिएरा लियोनमा मात्रै ११ हजार ३०० भन्दा बढीको ज्यान गएको थियो । त्यसबेला कंगोमा पनि इबोलाको संक्रमण फैलिएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?