वैदेशिक रोजगारका दलाललाई अब जिल्लामै कारबाही हुने

+
-

काठमाडौँ – वैदेशिक रोजगारीका नाममा अवैध रुपमा ठगिरहेका दलाललाई अब जिल्लामै कारबाही गरिने भएको छ । वैदेशिक रोजगार विभागमा दर्ता भएका एजेन्टको विवरण सहित कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिने भएको हो ।

यी बाहेकका दलालले वैदेशिक रोजगारीको नाममा ठगी गरे जिल्लामै कारबाही हुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गृहमन्त्री रामबहादुर थापालाई भेटेर यसका लागि समन्वय गर्न आग्रह गरेका थिए ।

यसअघि प्रहरी र प्रशासनले आफ्नो क्षेत्रभित्र नपर्ने भन्दै वैदेशिक रोजगारीका नाममा ठग्ने दलाललाई कुनै कारबाही गर्दैनथ्यो ।

यसका लागि वैदेशिक रोजगार विभागले एजेन्टको अध्यावधिक गर्न थालेको छ । म्यानपावर कम्पनीसँग आफ्ना एजेन्टको विवरण पठाउन भनेको छ ।

म्यानपावर कम्पनीले विवरण बुझाइसकेको र अहिले ती विवरणको छानविन गरिरहेको विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए ।

विभागले म्यानपावर कम्पनीबाट आएका विवरण छानविन गरेर श्रम तथा रोजगार मन्त्रालयमा पठाउने र श्रमले गृह मन्त्रालयमा पठाएपछि गृहले कारबाही अगाडि बढाउन प्रशासनलाई निर्देशन दिने भएको हो ।

पछिल्लो समय वैधानिक रुपमा दर्ता भएका कति एजेन्ट छन् भनेर छानविन भैरहेको विभागले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?