डा.अपर्णाको उपन्यास : फलेन, इन लभ

डा.अपर्णाको उपन्यास : फलेन, इन लभ
आफ्नो उपन्याबारे बताउँदै डा. अपर्णा बस्नेत । सबै तस्बीर /दीपा दाहाल
+
-

काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा कार्यरत डर्माटोलोजिस्ट डा.अपर्णा कोइराला बस्नेतद्वारा लिखित ‘फलेन, इन लभ’ नामको उपन्यास सार्वजनिक भएको छ।

१० वर्षदेखि कार्यरत डा. बस्नेतले सात वर्षको अध्ययन, अनुसन्धान, अनुभव, भ्रमण र आफूसँग आउने जाँचका लागि आउने बिरामीसँगको अन्तर्क्रियाबाट उक्त उपन्यास निकाल्न सफल भएकी हुन्।

डा. बस्नेतले हजुरबुवा तारिणीप्रसाद कोइराला, बीपी कोइराला र आमा कल्पना बस्नेतबाट आफू प्रभावित भएको भन्दै आफूले बाल्यकालदेखिनै केही न केही लेख्न थालेको र त्यसले उपन्यासमा सहयोग गरेको बताइन्।

उक्त उपन्यास बुधबार डा. बस्नेतका बुवा लक्ष्मण लगायत परिवारका सदस्यहरुले संयुक्तरुपमा विमोचन गरेका छन्।

सन् २०१० देखि लेख्न थालेकी डा. बस्नेतले नेपाली महिलाको अहिलेको समाजप्रतिको दृष्टिकोण, जनयुद्धका बेला उनीहरुले व्यहोरेको कष्ट, बसाइसराइले परिवार र समाजलाई पारेको असर र देशभक्ति र मायालाई उपन्यासमा समावेश गरेकी छन्।

डा. बस्नेतले पुस्तकलाई रुचिकर बनाउन कतै न कतै मायालाई जोडिरहेको समेत खुलाइन्।

‘यो मल्टिडाइमेन्सन्स पुस्तक हो। यो पुस्तकले बालबालिका, महिला, पुरुष, वृद्धवृद्धा सबैको मनोविज्ञानलाई छोएको छ। आत्ध्यात्मिक, धार्मिक र सांस्कृतिक विषवस्तुलाई पनि समेटिएको छ’, डा. अपर्णाले आफ्नो पुस्तकबारे भनिन्। १० प्रतिशत सामाजिक कार्यमा लगाउने उनको योजनासमेत छ।

कुनै यस्तै कुरा छ जसले तपाईलाई उपन्यास लेख्न सहयोग गर्‍यो? भन्ने प्रश्नमा डा. बस्नेतले भनिन्, ‘बिरामी जाँचिरहेका बेला एक जना बृद्धा आमा र उनकी बुहारी निराश अवस्थामा देखे र के भयो भनेर सोध्दा ती आमाले सुनाएको आफ्नो कथाले मलाई लेख्न बाध्य बनायो’, डा.बस्नेतले भावुक बन्दै भनिन्।

डा. बस्नेतले आफ्नो उपन्यासबारे यो भिडियोबाट अझ प्रस्ट्याउने कोशिस गरेकी छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?