जनस्वास्थ्यमा खेलवाड

लमही अस्पतालमा रेबिजबिरुद्धको खोपसम्म छैन

लमही अस्पतालमा रेबिजबिरुद्धको खोपसम्म छैन
+
-

दाङ–लमही नगरपालिका वडा नं. ५ निवासी निर्मला खनाल (श्रेष्ठ)की छोरी रिदम श्रेष्ठलाई चैत १९ गते कुकुरले टोक्यो । तत्काल उपचारको लागि लमही अस्पताल लगियो। तर, त्यहाँ रेबिज विरुद्धको खोप पाइएन।

कुकुलरे टोकेको विरामिलाई रोविज विरुद्धको खोप दिनुपर्ने हुन्छ। लमही अस्पतालमा खोप नपाएपछि रिदमका बुवाले काठमाण्डौं पुर्‍याए।‘लमही अस्पतालमा उपचार भएन्, कुकुरले छोरीको हातमा टोकेको थियो। यहाँ औषधि नभएपछि काठमाण्डौं लग्यौं’निर्मलाले भनिन्–‘सरकारी अस्पताल नजिकै छ भनेर धेरै भरोसा थियो तर, कुकुरले टोकेको उपचार समेत यहाँ नपाउदा अचम्म लाग्यो ।’

देउपुर निवासी भेदप्रसाद घिमिरे पनि लमहीमा रोविज विरुद्धको खोप नहुदा घोराही उपक्षेत्रिय अस्पतालमा पुग्नु पर्‍यो ।‘कुकुरको नङ्ग्राले चेथुरेको थियो, डर लाग्यो कतै रोविज भैहाल्यो भने के गर्ने ? लमहीमा औषधि रहेनछ, त्यहिभएर यहाँ आएको हुँ’घिमिरेले भने–‘सामान्य औषधीको ब्यवस्था नहुदा दुःख पाउनु परेको छ, यस्ता विषयमा कस्ले ध्यान दिने?’

लमही अस्पतालमा महिनामा ५० देखि ६० जना सम्म कुकुरले टोकेका बिरामि उपचारको लागि पुग्ने गरेका छन्। यि बिरामि सबैले रेबिज बिरुद्धको खोप लमही अस्पतालबाट पाउदैनन् । यहाँको अस्पतालमा एक सय डोज भ्याक्सिन आउछ।

यो भ्याक्सिन २० जना बिरामिलाई मात्रै पुग्छ । रोबिज बिरुद्धको खोप देशैभर अभाव हुदा बिरामिहरुले सहज रुपमा पाउन नसकेको दावि लमही अस्पतालका मेडिकल सुपररिटेण्डन डा.ईश्वरी खनालले गरे।

‘रोबिज बिरुद्धको खोप दशैभर सटेजछ, लमही अस्पतालमा महिनामा ६० जना सम्म बिरामि आउनुहुन्छ, हामि कहाँ हुने औषधीले मुस्किलले २० जनालाई मात्रै पुग्छ’उनले भने–‘क्षेत्रिय मेडिकल स्टोर नेपालगञ्ज बाट थप भ्याक्सिन मगायका छौं ।’

देउखुरीका नागरिकहरुको स्वास्थ्य उपचारको लागि लमही अस्पताल छ। तर, यस अस्पतालको ब्यवस्थापन पक्ष फितलो हुदा सामान्य औषधी उपचार समेत बिरामिले पाउन मुस्किल छ। सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुने रेविज विरुद्धको खोप लमही अस्पतालमा नहुदा विरामिले हजारौं रुपैयाँ खर्च गर्नुपरीरहेको छ।

लमही अस्पतालले औषधी ढुवानी गर्दा लाग्ने शुल्कलाई जोडेर प्रति डोजको एक सय रुपैयाँ बिरामिबाट लिने गरेको छ । तर, अहिले अस्पतालमा नहुदा बाहिर मेडिकलबाट किनेर बिरामिले खोप लगाउनु परेको छ। यही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिले सञ्चालन गरेको मेडिकलमा भने रोबिज बिरुद्धको खोप पाईन्छ। त्यहाँ ५ सय ८० रुपैयाँ प्रति डोज तिर्नुपर्छ।

कुकुरले टोकेको विरामिलाई अहिले रोविज बिरुद्धको खोप पाँच पटक लगाउनुपर्छ । सुरुमा, तिन दिनमा, ७ दिनमा, १४ दिनमा र २८ दिनमा खोप लगाउनुपर्छ। लमही अस्पतालमा रोबिज विरुद्धको खोप अभाव भएपनि ल्याउने विषयमा कोहि गम्भिर देखिएका छैनन्।

देउखुरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष केशव घिमिरेले रोबिज बिरुद्धको खोप तत्काल अस्पतालमा हुनुपर्ने र त्यसको ब्यवस्थापनमा ब्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताए।‘औषधिको उपलब्धा सहज हुनुपर्छ। लमही अस्पतालको सेवा प्रभावकारी बनाउन सवैले ध्यान दिनुपर्छ’घिमिरेले भने–‘रोबिज बिरुद्धको खोप ल्याउन पहल गरौं।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?