नयाँ वर्ष मनाउँदा के के कुरामा ध्यान दिने ?

नयाँ वर्ष मनाउँदा के के कुरामा ध्यान दिने ?
+
-

काठमाडौं – कुनै पर्व विशेषमा परिवार, साथीभाइ आफन्तसँग घुम्न जाने चलन पछिल्लो समय बढ्दो छ । यात्राको गन्तव्य लामो दूरी वा छोटो दुवै हुन सक्छ । यस्तै कतिलाई पैदल घुम्न मन लाग्छ त कतिलाई सवारी साधनको प्रयोग गरेर ।

नयाँ वर्ष, दसैँ जस्ता पर्वहरुमा मानिसहरु आनन्द लिएर घुम्न निस्कन्छन् । यसरी घुम्न निस्कँदा खाने, बस्ने, सुत्ने लगायत शरीरको ख्याल राख्ने विषयमा हामी कम सचेत हुन्छौँ । घुम्ने धुनमा हामीले स्वास्थ्यलाई बिर्सन्छौँ ।

नयाँ वर्षको कुरा गर्ने हो भने पनि परिवार, साथीभाइसँग मिलेर घुम्ने योजना थुप्रैले बनाएका हुन्छन् । यसरी योजना बनाइरहदाँ हामी हाम्रो स्वास्थ्यको विषयमा पनि सचेत रहनुपर्ने हुन्छ ।

हामी नयाँ वर्षमा के कस्ता खाना खाँर्दै छौँ ? कसरी नयाँ वर्ष मनाउँदैछौँ ? यस्ता कुरा मनन गरेर नयाँवर्ष मनाएमा स्वास्थ्यमा पनि नराम्रो प्रभाव पर्दैन र नयाँ वर्षको रमाइलोमा झुम्नुको माजा बेग्लै हुन्छ ।

नयाँ वर्ष स्वस्थ्य तरिकाले मनाउन शुक्रराज ट्रपिकल तथा सरुवार रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले १० बुँदामा सुझाव दिएका छन् ।

धुम्रपान र मद्यपान गर्नु हुँदैन,

मद्यपान गरेर सवारी साधन चलाउनु हुँदैन,

मद्यपान र असुरक्षित यौन सम्र्पक गर्नु हुँदैन,

बढी चिल्लो र मसलायुक्त खानेकुरा खानु हुँदैन,

अपरिचित व्यक्तिले दिएको खानेकुरा खानु हुँदैन,

ठूलो आवाज आउने ठाँउमा बस्नु भएन,

प्रसोधन गरिएका खानेकुरा भन्दा घरमै बनाएको खानेकुरा खानुपर्छ,

नियमित औषधि खाइरहेका बिरामीले औषधि खान छुटाउनु हुँदैन,

सफा पानी पिउनुपर्छ ।

घरबाट टाढा कतै जाँदै छौँ भने साथमा प्रथामिक उपचारको सामग्री सँगै लैजानुपर्छ ।

यात्रमा बिरामी भएमा, घाउ चोटपटक लागेमा पनि तुरुन्तै प्रथमिक उपचार गर्न सकिन्छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?