नयाँ वर्ष, नयाँ योजना

के भन्छन् प्रदेश २ का मन्त्री, सांसद तथा नेताहरु

के भन्छन् प्रदेश २ का मन्त्री, सांसद तथा नेताहरु
+
-

जनकपुर – नयाँ वर्ष २०७५ लागेको छ । वर्ष २०७४ मा भएको चुनावसँगै नयाँ संरचनामा आएको छ र यो वर्ष फेरिएको संघीय संरचनाले आकार लिँदै जाने अपेक्षा छ । यहि बिचमा नयाँ वर्ष २०७५ मा प्रदेश नम्बर २ का मन्त्री तथा नेताहरुले शुभकामना दिएका छन् ।

प्रदेश २ : अर्थमन्त्री विजय यादव

नयाँ वर्षको शुभकामना दिँदै प्रदेश २ का अर्थमन्त्री विजय यादवले नयाँ वर्षमा प्रदेशको समृद्धिको योजना अगाडि ल्याइने बताएका छन् ।

देशसञ्चारसँग कुरा गर्दै मन्त्री यादवले प्रदेश २ खासगरी कृषि प्रधान प्रदेशको रुपमा चिनिएकोले यसको संरक्षण तथा समृद्धि तर्फको कार्यलाई नयाँ वर्षमा अगाडी बढाउने बताए । उनले भने, ‘कृषि, शिक्षा र स्वास्थ्यमा भइरहेको समस्यालाई निकारण गर्दै योजनावद्ध तरिकाले अघि बढ्नुका साथै यसको विकास हुने आशा गर्दछु ।’

यस्तै, प्रदेशमा भइरहेको कालाबाजारी जस्ता कार्यलाई नव वर्षको थालनीसँगै नियन्त्रण गर्ने योजनाअघि सार्ने समेत उनले बताएका छन् ।

सांसद रामचन्द्र मण्डल

माओवादी नेता तथा सांसद रामचन्द्र मण्डल भन्छन्, ‘नयाँ वर्षको थालनी हुनुका साथै नयाँ सरकार, नयाँ संविधान, प्रादेशिक संचरना लगायतका सम्पूर्ण पक्षका साथै हामी नयाँ युगमा प्रवेश गरेका छौँ ।’

नयाँ संरचनाले जनतामा स्वभाविक रुपमा अपेक्षा बढेको भन्दै उनले नयाँ वर्षमा प्रदेशमा प्राप्त उपलब्धीहरुलाई कसरी संस्थागत गर्ने, परिपक्व कसरी बनाउने, जनताले कसरी उपलब्धी प्राप्त गर्ने भन्ने विषयमा सबैको ध्यान केन्द्रित रहेको बताए ।

प्रदेश २ मा कार्ययोजनाहरु धेरै नै छ, खासगरी वर्ष २०७५ को सम्भावित योजनामा प्रमुख कार्य खाने पानीमा सुधार तथा कृषिको लागी पुर्ण रुपमा सिंचाईको व्यवस्था गर्ने रहेको उनको भनाई छ ।

मण्डलले भने, ‘हामी २१ औँ शताव्दीमा छौँ र हामी संग साधन स्रोत भएर पनि धेरै नै पछाडि छौँ । यद्यपि जनताको अपेक्षाकृत अहिले निव बन्न सुरु भएको छ र निव बन्ने भएकोले अब २०७५ मा माथीको संरचनाको समेत विकास हुने आशा हामीले गरेका छौँ । नयाँ वर्ष २०७५ शुभमय रह्ने कामना गर्दछु । ’

युवा नेता प्रशान्त झा

२०७४ मा आएको राजनीतिक परिवर्तनलाई पूर्णतः सफल बनाउन २०७५ ले ठूलो भूमिका निर्वाह गर्ने आशा राखेको बताएका छन् । उनले नयाँ वर्ष २०७५ मा संघीयता र स्थानीय तहलाई प्रभावकारी तुल्याउनु पर्ने समेत बताए ।

नयाँ वर्ष २०७५को शुभकामना दिँर्द झा भन्छन्, ‘मुलुकमा फस्टाउंदै गएको संथागत भ्रष्टाचारलाई निर्मुल गर्ने तर्फ नयाँ वर्षदेखि सबै निका सक्रिय हुनु पर्दछ । लामो समयको संघर्षपछि मुलुकमा संविधान जारी भएको छ । यद्यपि देशका धेरै जनता बिरोधमा छन् । तर संविधान जारी हुनु मुलुकका लागी ठूलो उपलब्धि हो । भने संघीयता मधेसवादी दलको मुल एजेण्डा हो ।’

अधिवक्ता रेखा झा

अधिवक्ता रेखा झा भन्छिन्, ‘नयाँ वर्ष २०७५ मा खासगरी महिलालाई स्वतन्त्र रुपले जिउने अधिकार प्राप्त होस भनि शुभकामना दिन चाहन्छु । ’ संविधानमा महिलालाई स्वतन्त्रताको अधिकार दिएको उल्लेख छ, तर यहाँ कुनै पनि महिला स्वतन्त्र रुपमा बाच्न सकिरहेको अवस्था नरहेको उनको भनाई छ ।

हरेक पाईलामा महिलालाई खतराको सामना गर्नु परिरहेको भन्दै उनले खासगरी बलात्कारको मामिलामा कानुन परिमार्जित हुनु पर्ने बताइन् ।

युवा नेता सरोज मिश्र

युवा नेता तथा समाजिक अभियन्ता सरोज मिश्रले नयाँ वर्ष २०७५मा युवाहरुका लागि विशेष आकर्षणको केन्द्र बनाएर क्रिकेट टुर्नामेन्ट गर्न गई रहेको बताएका छन् ।

खासगरी दुर्व्यवसनी तथा कुलतमा फसेका युवाहरुलाई कुलतबाट निकाल्न क्रिकेटमा सहभागिता गराउने उदेश्यले नयाँ वर्ष २०७५ मा कुलतमा लागेकाहरु लाई कुलतबाबाट निकालेर समाजमा नयाँ पहिचान बनाउने सन्देश दिन खेलको आयोजना गरि रहेको उनको भनाई छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?