सन्दर्भ : अटिजम सचेतना दिवस

अटिजम मानसिक समस्या होइन, शरीरको विशेष अवस्था मात्रै

अटिजम मानसिक समस्या होइन, शरीरको विशेष अवस्था मात्रै
+
-

काठमाडौं – अटिजम सचेतना दिवस सोमबार नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बौद्धिक अपाङ्गता अन्तर्गत पर्ने अटिजमको बारेमा सचेतना दिने र यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।

दिवसको अवसरमा यस वर्षको नारा ‘इमपावरिङ विमेन एण्ड गर्ल्स विथ अटिजम’ अर्थात अटिजम भएका महिला तथा बालिकाको सशक्तिकरण भन्ने तय गरिएको छ । अटिजम भएका महिला तथा बालिका थप खतरामा रहेको देखिएकाले यसवर्ष उनीहरुको सशक्तिकरणमा जोड दिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अटिजमलाई रोगको रुपमा नभएर शरीरको विशेष अवस्था रुपमा लिइन्छ । यसको उपचार नभएकाले बालबालिकाको व्यवहार परिवर्तन गर्ने र उनीहरुको क्षमता बुझेर प्रेरित गर्नु पर्ने विज्ञले बताएका छन् ।

अटिजम भएका बालबालिकाको आवाज नआउने, बोलेको कुरा ठेगान नहुने, छिनछिनमा रुने, हाँस्ने, जिद्दी गर्ने लगायतका बानी हुने भएपनि यो मानसिक समस्या भने नभएको विज्ञले बताउने गरेका छन् ।

अटिजम भएका बालबालिकामा चकचक हुने वा निष्क्रिय हुने, आफैले केहि गर्न नसक्ने, अरुसँग नखेल्ने, बोलाए पनि जवाफ नदिने, नसुनेको जस्तो गर्ने, कुनै काम राम्ररी गर्न नसक्ने, एउटै कुरा दोहोर्‍याएर बोल्ने, घाउ भए पनि प्रतिक्रिया नदिने, हात खुट्टा चलाइरहने लगायतका समस्या हुन्छ । अभिभावकले आफ्नो बालबालिकाको अवस्था बुझ्नु पर्ने उनीहरुको सुझाव छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?