मकैमा रोग लाग्यो ? उपचार गर्नुहोस !

मकैमा रोग लाग्यो ? उपचार गर्नुहोस !
लमही नगरपालिका वडा-२ केरुणियामा आयोजित बाली उपचार शिविरमा किसानले लिएर आएको मकैको बोट हेरेर त्यस वारेमा उपचारको विधि वताउदै कृषि अधिकृत विताम्वर बस्नेत। तस्विरः दशरथ घिमिरे/ देश सञ्‍चार
+
-

दाङ- केरुणिया गाउँका किसान कुलो खन्‍ने काममा जुटेका छन्। धानको सिजन आउँदै छ।त्यसैले उनीहरु कुलो सफा गर्ने काममा जुटेका हुन्। धान खेतिको तयारीमा जुटेका यिनै किसानको खेत, बारीमा मकै छ।

रोग किराले मकैलाई सताएपछि त्यसको उपचार खोज्न किसान सक्रिय देखिए।‘कुलो खन्ने काम सुरु छ तर, खाना खाने समयमा दुई घन्टा विश्राम हुन्छ। त्यहि समयको सदुपयोग गर्न शिविरमा आएका हौं’ हुतिराम चौधरीले भने–‘रोग किराको प्रकोपबाट वच्न विषादी छर्ने हो की अन्य केहि विकल्प छ ?’

लमही नगरपालीका वडा नं. २ केरुणिया निवासी भानुप्रसाद चौधरीको खेतमा मकै छ। मकै दाना लाग्न थालेको छ।तर, हुर्किने बेलाबाटै गबारो रोगले हानी गर्‍यो।‘हुर्किने बेलामा किराले पात खाइदियो, हुर्किने वेला कोही सानो कोही ठूलो वोट भयो’चौधरीले भने–‘अव कसरी बालीलाई रोग लाग्न बाट बचाउन सकिन्छ ?’

बाली उपचार शिविरमा आएका किसानहरुको धेरै जिज्ञासा छन्। कोही रोगवाट ग्रस्त विरुवानै लिएर आएका थिए भने, कोही भोगेको समस्या वताउन् । मानिस विरामि भयो भने त्यसको उपचार गर्न अस्पताल लगे झैं बाली नालि विरामी भएमा पनि त्यसको उपचार गरेर रोग किराको प्रकोपवाट जोगाउन सकिन्छ।

मकैबाली होस या अन्य तरकारी बालीमा देखिने रोग किरालाई विषादीको प्रयोग विना पनि नियन्त्रण गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ सुपरजोन मकै लमहीका कृषि अधिकृत विताम्वर वस्नेतले बताए।

‘बिषादीको प्रयोग भनेको अन्तिम बिकल्प हो, रोग लाग्यो भन्दैमा विषादी हत्तपत्त हाल्न हुदैन्’ उनले भने-‘पहिला हातलेनै गवारो किरालाई मार्न सकिन्छ। अर्को पहेलो रङ्गको गम लागेको पासो लगाउन सकिन्छ। यस्तै मकै अथवा तरकारी वालीमा वत्ति पासो जडान गर्न सकिन्छ।’

पुतली जस्ता किरावाट बाली नालीमा वढी रोगको संक्रमण फैलीने हुदा पुतलीलाई नियन्त्रणमा लिन घरेलु उपचार गर्न सकिने उनको भनाई छ।‘यतीले नियन्त्रणमा आउन नसकेमा वल्ल विषादीको प्रयोग गर्न हामिले सल्लाह दिन्छौं’ उनले भने–‘रोग किराको वारेमा किसानले पनि थाहा पाउनुपर्छ।’

बाली नालिमा देखिने रोग किराको पहिचान गर्न नसक्दा धेरै किसानहरु मर्कामा पर्दै आएका छन् । किसानहरुलाई रोग किराको वारेमा जानकारी हुन नसक्नु, बालीको उपचारको लागि कृषि सेवा केन्द्र सम्म किसानहरुको पहुँच पुग्‍न नसक्दा झनै समस्या हुने गरेका छ।

दाङको देउखुरीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागू भएपछि भने किसानहरुको खेतवारिमै पुगेर बाली उपचार शिविर आयोजना गरिदा किसानहरुलाई सजिलो भएको हो।

हिउँदे मकैमा पनि रोग किराको समस्या देखिन थालेको हो।बालीमा देखिने रोग किराको उपचार गर्न शिविर आयोजना गरिएपछी किसानहरुलाइ फाईदा पुगेको हरितक्रान्ती कृषि सहकारी संस्थाका ब्यवस्थापक खुसलराम चौधरीले बताए।

‘रोग किराको पहिचान गर्न नसक्ने, रोग लागेमा आत्तिने किसानहरुलाई उपचार गर्नुपर्छ भन्ने सन्देस शिविरले दिएको छ’ चौधरीले भने–‘गाउँ घरमा बाली नालीको उपचार गर्न प्राविधिहरु खटीएमा झनै सजिलो हुने थियो।’ कृषि क्षेत्रलाई ब्यवसायीकरण गर्दै किसानहरुको जीवनस्तर माथी उकास्न बाली नालीमा लाग्ने रोग किरा नियन्त्रण र त्यसको उपचारको लागि किसान आफै पनि सक्षम हुन जरुरी छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?