यी व्यक्तिलाई लाग्यो विश्वकै गम्भीर गोनोरिया

यी व्यक्तिलाई लाग्यो विश्वकै गम्भीर गोनोरिया
+
-

बेलायतका एक व्यक्तिलाई अहिलेसम्मकै गम्भीर खालको गोनोरिया लागेको छ । उनलाई लागेको यौन रोग गोनोरियाको उपचार सामान्य रुपमा गोनोरियाको उपचारका लागि प्रयोग गरिने एन्टिबायोटिकबाट सम्भव नभएको चिकित्सकले बताएका छन् ।

उनकी प्रेमिका बेलायतमा रहे पनि दक्षिण पूर्वी एसियाकी एक महिलासँगको यौन सम्बन्धपछि उनलाई गोनोरियाको संक्रमण भएको हो । उनको संक्रमणलाई चिकित्सकले सुपर गोनोरियाको संज्ञा दिएका छन् ।

सामान्य रुपमा प्रयोग गरिने गरेको एन्टिबायोटिकका कारण गोनोरियाको संक्रमण निको नभएको यो पहिलो घटना रहेको पब्लिक हेल्थ इंग्ल्याण्डले जनाएको छ ।

स्वास्थ्य अधिकारीले संक्रमति व्यक्तिका अरु कोही यौन साथी रहे नरहेको बारे अहिले अनुसन्धान गरिरहेका छन् । गोनोरिया गम्भीर खालको रहेकाले यसको संक्रमण अरुमा फैलिए नफैलिएको थाहा पाउनका लागि यौन साथीका बारेमा खोजी भइरहेको हो ।

ती व्यक्तिको उपचारमा संलग्न डा. ग्वेन्डा ह्युजले सामान्य रुपमा प्रयोग गरिन्दै आएको एजिथ्रोमाइसिन र सिफ्ट्राइएक्सन एन्टिबायोटिकले काम नगरेको यो पहिलो पटक रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन र युरोपियन सेन्टर फर रोग नियन्त्रणसँगको परामर्शमा गोनोरियामा यस किसिमको घटना पहिलो रहेको पुष्टि भएको डा. ह्युजले बताएका छन् ।

नाइसेरिया गोनोरिया ब्याक्टेरियाका कारण लाग्ने गोनोरिया असुरक्षित यौन सम्बन्धका कारण लाग्ने सर्ने गर्दछ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?