प्रदेश ३ को स्थायी राजधानी काभ्रे बनाउन प्रदेशसभामा प्रस्ताव

प्रदेश ३ को स्थायी राजधानी काभ्रे बनाउन प्रदेशसभामा प्रस्ताव
+
-

काठमाडौं- प्रदेश ३ को राजधानी काभ्रे बनाउन माग गर्दै प्रदेशसभा सचिवालयमा बुधबार प्रस्ताव दर्ता गरिएको छ। नेकपा एमाले काभ्रेका सांसद चन्द्रबहादुर लामाले काभ्रेको बनेपास्थित आइटी पार्कमा स्थायी राजधानी बनाउन माग गर्दै उक्त प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन्।

उनले नेपालको संविधानको धारा २८८ को उपधारा (२) मा प्रदेशको राजधानी प्रदेश सभाको दुई तिहाइ सदस्यको निर्णय बमोजिम हुने व्यवस्था अनुरुप प्रस्ताव दर्ता गराउन प्रस्ताव पेश गरेका हुन्।

लामाको प्रस्तावमा एमाले काभ्रेका सांसद बसुन्धरा हुमागाईँ र लक्ष्मण लम्साल तथा माओवादीका अर्का सांसद रत्‍नप्रसाद ढकालले समर्थन गर्दै हस्ताक्षर गरेका छन्। संविधान अनुसार प्रदेशसभा गठन भएको ६ महिनाभित्र प्रदेशको स्थायी राजधानी तोकिसक्नुपर्ने हुन्छ।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ ३ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको थियो।

प्रदेशसभामा सचिवालयमा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि अब यो प्रस्तावलाई सभामुखले प्रदेशसभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?