ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीनजना गम्भीर घाइते

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीनजना गम्भीर घाइते
+
-

उदयपुर – उदयपुरको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीबाट घुर्मीका लागि छुटेको गरेको ना ६ ख ३२३१ नम्बरको तेल बोकेको ट्याङ्कर कटारी नगरपालिका–११, गहुँबारी भन्ने स्थानमा बुधबार बिहान दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । अरु तीनजनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बारा जिल्लाको अमलेखगञ्जका २३ वर्षीय चालक पूर्णप्रसाद खनाल र अर्का मकवानपुर बस्ने ३१ वर्षीय सहचालक सरोज मोक्तान रहेका छन् ।

गम्भीर घाइते हुनेहरुमा भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बाराका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले रहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ ।

अहिले इलाका प्रहरी कार्यालय, कटारीबाट प्रहरी परिचालन गरी मृतकलाई प्रहरीले कटारी अस्पतालमा झार्ने कार्य सुरु गरेको छ भने गम्भीर घाइतेहरुलाई एम्बुलेन्समार्फत काठमाडौँ पठाएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।

बिहान ४ बजे ट्याङ्कर सडकबाट अनियन्त्रित भई तल खसेको प्रहरीले बताएको छ । घटनास्थल कटारी बजारबाट २६ किलोमिटर पश्चिम उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?