सन्दर्भ : विश्व क्षयरोग विरुद्धको दिवस

टिबीका कारण १ दिनमा ४५०० को मृत्यु, नेपालमा २८,००० बिरामी उपचारको दायरा बाहिर

+
-

काठमाडौं – विश्व क्षयरोग विरुद्धको दिवस शनिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनको आह्वानमा रहेक वर्ष मार्च २४ का दिन क्षयरोगका बारेमा जनचेतना फैलाउने र यस विरुद्ध एकजुट हुने उद्देश्यका साथ विश्व क्षयरोग विरुद्धको दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा यस वर्षको नारा आवश्यकता : क्षयरोग मुक्त विश्वका लागि नेतृत्व तय गरिएको छ । नेतृत्व राजनीतिक तहमा मात्रै नभएर सर्वसाधारणको स्तरमा पनि विकास हुन सकेमा क्षयरोगलाई जित्न सकिने भएकाले यो नारा तय गरिएको डब्लुएचओले जनाएको छ ।

सन् १८८२ मा डा. रोबर्ट कोचले टिबी लाग्ने ब्याक्टेरिया पत्ता लगाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।

पछिल्लो दशकमा टिबी विरुद्धको अभियानमा महत्वपूर्ण सफलता पाए पनि अहिले पनि विश्वमा हरेक दिन टिबीकै कारण ४ हजार पाँच सय भन्दा बढीको ज्यान जाने गरेको डब्लुएचओले जनाएको छ ।

यो विश्वमा संक्रमणका कारण हुने मृत्यु मध्ये टिबी प्रमुख बनेको छ । टिबीका कारण सन् २०१६ मा विश्वमा १८ लाख मानिसको ज्यान गएको थियो भने एक करोड ४ लाख नयाँ बिरामी भेटिएका थिए ।

नेपालमा अझै २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर रहेको एक तथ्याङ्कले देखाएको छ ।

नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिए पनि तीमध्ये १३ हजार उपचारको दायरामा नआउने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ ।

केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले भने, “नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी छन् तर गत आर्थिक वर्ष २०७३/०७४ मा ३१ हजार ७६४ जना क्षयरोगका बिरामी पत्ता लागी राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन् ।”

नेपालमा क्षयरोगका चार हजार ३२१ उपचार केन्द्र, ९६ शहरी डट्स केन्द्र, ६०४ रोग निदान केन्द्र, २७ जीन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको सेवा प्रदान गरिएको जानकारी डा. केसीले दिए ।

क्षयरोगीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्वे भइरहेको जानकारी दिँदै डा. केसीले ५५ जिल्लाका ९९ क्लस्टरका करीब ५७ हजारको घरदैलोमा प्रत्यक्ष पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको विधिद्वारा गरिने सर्वेले क्षयरोगको वास्तविक अवस्था पत्ता लाग्ने बताए ।

सम्बन्धित समाचार 

कहाँ हराए १० हजार क्षयरोगी?

विरामीको लापरवाहीले क्षयरोग नियन्त्रण चुनौती

डट्स सेवा ‘डोके’ हुँदा घटेनन् क्षयरोगी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?