रोल्पाका ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्

+
-

रोल्पा: मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन्।

गर्भवतीले चार पटक गर्भ जाँच गराउनुपर्नेमा ९० प्रतिशत महिलाले पहिलो जाँच र ४४ प्रतिशत महिलाले मात्र अन्तिम जाँच गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ। चार पटकसम्म नियमित गर्भ जाँच नगराउने आमा तथा शिशुमा स्वास्थ्यमा नकारात्मक प्रभाव देखिँदै आएको बताइएको छ।

नियमित गर्भ जाँच नगराएकै कारण गत वर्ष जिल्लामा ३५ मृत शिशु जन्मिएको र २८ शिशु जन्मेको एक महिना भित्रै मरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत डा तेजेन्द्र साउदले जानकारी दिनुभयो ।

गर्भवती पटक पटक स्वास्थ्य संस्थामा जान लाज मान्ने तथा स्वास्थ्य संस्थामा गएर प्रसूति गराउँदा सुरक्षित भइन्छ भन्ने चेतनाको अभावका कारण ठूलो संख्याका गर्भवतीले घरमै बच्चा जन्माउने गरेको डा.साउदले बताए।

‘सानै उमेरमा विवाह गर्ने तथा छिट्टै गर्भवती हुँदा स्वास्थ्य संस्थामा मुख देखाउन लाज मान्छन्”, साउदले भने।जिल्लामा जटिल प्रसूति सेवा पनि सञ्चालनमा रहेको छ। गत वर्ष यो सेवा लिने महिलाको संख्या २५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।

भौगोलिक विकटता, गरिबी, चेतनाको अभाव र पारिवारिक बोझका कारण सबै गर्भवती प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको बताइएको छ। सरकारले रोल्पा जिल्लाका साबिकका सबै गाविसमा रहेका स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा ल्याएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?